नेपालमा आर्थिक वृद्धिको प्रचुर सम्भावना छ : जापानी केन्द्रीय बैंकका पूर्वगभर्नर कुरोदा | Khabarhub Khabarhub

नेपालमा आर्थिक वृद्धिको प्रचुर सम्भावना छ : जापानी केन्द्रीय बैंकका पूर्वगभर्नर कुरोदा


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापानको केन्द्रीय बैंक, बैंक अफ जापानका पूर्वगभर्नर एवम् एसियाली विकास बैंकका पूर्वअध्यक्ष हारुहिको कुरोदाले नेपालमा आर्थिक वृद्धिको प्रचुर सम्भावना रहेको बताएका छन् । काठमाडौँको दरबारमार्गमा मंगलबार आयोजित ‘एसियामा आर्थिक विकास : विगत र भविष्य’ विषयक साक्षत्कार कार्यक्रममा पूर्वगर्भनर कुरोदाले विशिष्ट प्रकारको अर्थतन्त्र रहेको नेपालमा आर्थिक वृद्धिको सम्भावना रहेको बताएका हुन् ।

कार्यक्रममा उनले नेपालमा प्रशस्त मात्रामा मानव स्रोत रहेको उल्लेख गर्दै त्यसको सदुपयोग गर्नसके आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । दुई ठूला छिमेकी भएका कारणमात्रै नेपाल सानो मुलुकजस्तो लागेपनि औसत युरोपेली मुलुकको तुलनामा नेपाल आकार र जनसङ्ख्याका आधारमा ठूलो रहेको उनको भनाइ छ ।

विदेशमा रहेका जनशक्तिसँग, पुँजी, प्रविधि र सीपको पहुँच हुने भन्दै उनले आर्थिक विकासका लागि त्यस्ता जनशक्ति महत्वपूर्ण हुने बताए । भारत र चीनजस्ता एसियाली अर्थतन्त्रले विदेशिएका जनशक्तिलाई स्वदेश फर्काएको उदाहरण दिँदै उनले विदेशिएका जनशक्तिलाई नेपालले पनि स्वदेश फर्काउनसक्ने जिकिर गरे ।

अहिलेको समयमा आर्थिक विकासका लागि सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता क्षेत्रको महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ । वातावरणका हिसाबमा नेपाल उपयुक्त मुलुक रहेको भन्दै उनले प्रचुर मात्रामा जंगल रहेकाले विश्वव्यापी कार्बन उत्सर्जन कटौतीमा पनि नेपालले सकारात्मक भूमिका निर्वाह गरेको उल्लेख गरे । यस्तो अवस्थामा नेपालले आफ्नो वातावरण नीतिलाई अरु देशमा पनि निर्यात गर्नसक्ने उनको भनाइ छ ।

कार्यक्रममा उनले एसियाली देशमा आर्थिक विकासको ठूलो सम्भावना रहेको भएपनि मुख्यगरी चार वटा महत्वपूर्ण चुनौति रहेको बताए । पछिल्लो समय देखिएको भूराजनीतिक खिचातानी, पानीको अभाव, मौसम परिवर्तन, बढ्दो बुढ्यौली उमेरका जनसङ्ख्या अहिले एसियाली मुलुकको अर्थतन्त्रमा प्रमुख चुनौतिका रुपमा देखिएको उनको भनाइ छ ।

इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) र खबरहबको आयोजना तथा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, लगानी बोर्ड, एसियाली विकास बैंक, द एसिया फाउन्डेसन, नबिल बैंक, कुमारी बैंक, एनएमबी बैंक, प्रभु बैंक, हिमालयन बैंक, ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा आयोजित कार्यक्रमकमा एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष विन्दु लोहनीले सहजीकरण गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गरेका आईएसएसआरका अध्यक्ष नरेश श्रेष्ठले पूर्वगभर्नर कुरोदालाई नेपालमा स्वागत गर्न पाउँदा खुशी लागेको उल्लेख गर्दै आईएसएसआरले आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिने बताए ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  २ : २४ बजे

उत्तराखण्डको सुरुङमा १७ दिनदेखि फसेका ४१ मजदुरको सकुशल उद्धार

उत्तराखण्ड – विगत १७ दिनदेखि भारतको उत्तरकाशी सुरुङमा फसेका ४१

कानुनमा साना उद्योग प्रवर्द्धनको व्यवस्था गर्न माग

काठमाडौं– लघु घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्न औद्योगिक व्यवसाय

‘केपी ओली कप राष्ट्रिय क्रिकेट’को सेमिफाइनल समीकरण पूरा

कास्की – पोखरामा जारी ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’

भक्तपुर केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्प

काठमाडौं– भक्तपुर केन्द्रबिन्दु भएर मंगलबार फेरि अर्को भूकम्प गएको छ।

रुसी सेनामा भर्ना भएका तीन नेपालीको मृत्यु

काठमाडौं – रुसी सेनामा भर्ना भएका तीन नेपालीको मृत्यु भएको