वर्तमान सरकारले राष्ट्रपतिलाई खोपीको राजा बनाएको छ : ओली « Khabarhub

वर्तमान सरकारले राष्ट्रपतिलाई खोपीको राजा बनाएको छ : ओली


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुष्पकमल दाहाल नेतृत्वको सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई खोपीको राजा बनाएको आरोप लागेको छ । प्रतिनिधिसभाका जारी बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो आरोप लगाएका हुन । 

अघिल्लो संसदले पठाएको नागरिकता विधेयकमा उल्लेख भएका राष्ट्रपति विद्यादेवी भण्डारीको नाम काटेर हालका राष्ट्रपतिलाई विधेयक प्रमाणित गर्न लगाएको उनको आरोप छ ।

‘पहिलाको सांसदले, पहिलाको राष्ट्रपतिलाई पठाएको विधेयकमा नाम काटेर विधेयक प्रमाणीकरण गर्न लगाएका छन्, ज्यानमाराहरूलाई जेलबाट निकालेको छ, ज्यानमाराहरु शानसहित लावालस्कर लगाएर हिँडेको देखियो,’ ओलीले भने, ‘राष्ट्रपतिलाई यो सरकारले खोपीको राजा बनाएको छ, क्याबिनेटको आदेशमा राष्ट्रपतिलाई चलाएको छ ।’

सरकारको नेतृत्वको दल र सत्ता गठबन्धनमा आबद्ध दलले कोशी सरकार निर्माणमा तमासा देखाएको पनि उनको आरोप छ । 

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  २ : ३९ बजे

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुन्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको