सरकारले सभामुख घिमिरेको अपमान गर्‍यो : ओली « Khabarhub

सरकारले सभामुख घिमिरेको अपमान गर्‍यो : ओली


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले प्रतिनिधिसभाको सभामुखको अपमान गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता ओलीले सभामुख देवराज घिमिरेको आयरल्याण्ड भ्रमणको विषयलाई लिएर सो आरोप लगाएका हुन्  ।

‘सभामुखलाई आयरल्याण्डको औपचारिक भ्रमण गर्न निम्तो आयो तर यो गठबन्धन सरकारले सभामुखलाई पिएबाहेक अरुलाई लैजान पाउँदैन भनेर अपमान गर्‍यो,’ ओलीले भने, ‘सभामुखजस्तो गरिमामय पदको ख्यालसमेत गरेन, सम्मान सरकारमा भएकालाई मात्रै चाहिने रु अरूलाई चाँहि अपमान गर्ने, सभामुख पदको गरिमाको ख्याल गर्नु पर्दैन ।’ 

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीन भ्रमण जाँदा जम्बो टोली लिएर जाने तर सभामुख घिमिरेलाई पिए मात्रै लैजाऊ भनेर अरु लैजान नदिएकोमा पनि आपत्ति जनाए । 

उनले यसअघि सभामुखको औपचारिक भ्रमणमा कतिसम्म प्रतिनिधिहरूलाई पठाउने गरिन्थ्यो रु त्यो ख्याल नगरी प्रचण्ड सरकारले मानमर्दन गरिएको उनको थप आरोप छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ३ : २१ बजे

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ – रसुवामा भदौ १० गते गएको विपद्पछि हिमाली जिल्ला

इंग्लिस प्रिमियर लिग: ब्राइटनसँग स्तब्ध बन्यो साबिक विजेता आर्सनल, ३-० को हार

काठमाडौँ – प्रिमियर लिगको साबिक विजेता आर्सनल यस सिजनकै पहिलो

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट

स्पेनिस ला लिगा: यमाल चम्किएको खेलमा, राफिन्हाको लगातार दोस्रो ह्याट्रिक

काठमाडौँ – ब्राजिलियन फरवार्ड राफिन्हाको लगातार दोस्रो खेलमा उत्कृष्ट ह्याट्रिक

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर