सरकारले सभामुख घिमिरेको अपमान गर्‍यो : ओली | Khabarhub Khabarhub

सरकारले सभामुख घिमिरेको अपमान गर्‍यो : ओली


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले प्रतिनिधिसभाको सभामुखको अपमान गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता ओलीले सभामुख देवराज घिमिरेको आयरल्याण्ड भ्रमणको विषयलाई लिएर सो आरोप लगाएका हुन्  ।

‘सभामुखलाई आयरल्याण्डको औपचारिक भ्रमण गर्न निम्तो आयो तर यो गठबन्धन सरकारले सभामुखलाई पिएबाहेक अरुलाई लैजान पाउँदैन भनेर अपमान गर्‍यो,’ ओलीले भने, ‘सभामुखजस्तो गरिमामय पदको ख्यालसमेत गरेन, सम्मान सरकारमा भएकालाई मात्रै चाहिने रु अरूलाई चाँहि अपमान गर्ने, सभामुख पदको गरिमाको ख्याल गर्नु पर्दैन ।’ 

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीन भ्रमण जाँदा जम्बो टोली लिएर जाने तर सभामुख घिमिरेलाई पिए मात्रै लैजाऊ भनेर अरु लैजान नदिएकोमा पनि आपत्ति जनाए । 

उनले यसअघि सभामुखको औपचारिक भ्रमणमा कतिसम्म प्रतिनिधिहरूलाई पठाउने गरिन्थ्यो रु त्यो ख्याल नगरी प्रचण्ड सरकारले मानमर्दन गरिएको उनको थप आरोप छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ३ : २१ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको