भ्रष्टाचारको फाइल खोल्छु भन्दै सरकारले ब्ल्याकमेलिङ गर्दैछ : ओली « Khabarhub

भ्रष्टाचारको फाइल खोल्छु भन्दै सरकारले ब्ल्याकमेलिङ गर्दैछ : ओली


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारको छानबिन गर्छु भनेर ‘ब्ल्याकमेलिङ’ गरिरहेको आरोप लगाएका छन् ।

ललिता निवास प्रकरणमा जग्गा बेच्नेलाई भन्दा किन्नेलाई पक्राउ गरेर अनाहकमा दुःख दिएको तथा सुन तस्करीमा संलग्न भएकालाई पक्राउ नगरेको भन्दै सरकार आफै ब्ल्याकमेलिङमा लागेको उनको आरोप छ ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै अध्यक्ष ओलीले ‘भ्रष्टचारको फाइल खोल्छु भनेर सरकारले ब्ल्याकमेलिङ गर्ने गरेको छ, ललिता निवास प्रकरणमा किर्ते मुद्दा मात्रै चलाउनु के नियत के हो ? कहिलेकाँही चोख्याउनका लागि पनि मुद्दा दर्ता गरिन्छ, अहिले सरकार त्यही गरेर बसेको छ ।’ 

ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ‘ब्ल्याकमेलिङ’ लागेको भन्दै गम्भिर हुनु पर्ने जनाएका छन् ।  

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ४ : ०५ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक