'कर्णालीको शिक्षा क्षेत्र सुधारका लागि सिकाइ केन्द्र बनाउँछौँ ' | Khabarhub Khabarhub

‘कर्णालीको शिक्षा क्षेत्र सुधारका लागि सिकाइ केन्द्र बनाउँछौँ ‘


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशको शिक्षा क्षेत्र सुधारका लागि सिकाइ केन्द्र बनाउने बताएका छन् । 

वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित प्लान इन्टरनेशनल नेपालको पाँच वर्षे राष्ट्रिय रणनीति सार्वजनिकीकरण कार्यक्रममा मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री शर्माले कर्णाली प्रदेश सरकारले शिक्षालाई प्रभावकारी बनाउन सिकाइ केन्द्र निर्माण गर्ने बताए। 

उनले भने, ‘प्रविधि, श्रम उत्पादन र नैतिकताका क्षेत्रलाई सुदृढ, विस्तारको काम शिक्षण सिकाइ केन्द्रले गर्नेछ । केन्द्रबाट शिक्षक विद्यार्थी र पाठ्यक्रम निर्माणका लागि सहयोग हुनेछ ।’ शैक्षिक सुधारका लागि भने सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो । शैक्षिक गतिविधि एक्लाएक्लैभन्दा तीनै तहको सरकार र सरोकारवालाबीचमा सहकार्यबाट सम्भव रहेको बताउँदै उनले कर्णालीका जनताको सुख र खुसीलाई केन्द्रमा राखेर सरकारले आफ्ना गतिविधि सञ्चालन गरिरहेको स्पष्ट पारे ।

समुदायस्तरबाट पनि शिक्षा क्षेत्रमा योगदान हुने भएकाले पहिलो पाठशाला घर परिवारबाटै सिकाइ सुधारका अभ्यास आवश्यक रहेको जनाएका उनले कर्णाली प्रदेश सरकारले यहाँका १० जिल्लाका एक-एकवटा विद्यालयलाई नमूना विद्यालय बनाउने तयारी गरेको र त्यसका लागि कार्यविधि निर्माणको कामसमेत बताए।

उक्त कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेल, आन्तरिक तथा कानुनमन्त्री कृष्णबहादुर जिसी र जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विक, कर्णाली प्रदेशका प्रमुख सचिव चूडामणि पौडेललगायतको उपस्थिति रहेको थियो । 

प्लान इन्टरनेशनल नेपाल कर्णालीका १० वटै जिल्लामा कार्यक्रम विस्तारसमेत गरेको छ । प्लान इन्टरनेशनल नेपालका अध्यक्ष राम किसनले कर्णालीका दशवटै जिल्लामा कार्यक्रम विस्तार गरिएको जानकारी दिए । 

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ६ : ४३ बजे

दासढुंगा घटनाको गम्भीर खोजी गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाका

गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका

प्रथम पशुपति चौलागाईं स्मृति कप भलिबल सुरु

दोलखा – प्रथम पशुपति चौलागाईं स्मृति कप खुल्ला पुरुष भलिबल

‘पुजार सार्की’मा परीक्षा लिम्बू : अडिसनमा ६ वटा भिडियो पठाएपछि अनुबन्ध

काठमाडौं – जेठ १० बाट प्रदर्शनमा आउने फिल्म ‘पुजार सार्की’मा

अछामको एक कपडा पसलमा आगलागी

धनगढी । अछामको एक कपडा पसलमा आगलागी भएको छ। जिल्लाको