महिलाको हत्या अभियोगमा पर्साबाट तीन जना पक्राउ « Khabarhub

महिलाको हत्या अभियोगमा पर्साबाट तीन जना पक्राउ


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीकी ५६ वर्षीया कान्तिदेवी विनको हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

गत असोज १ गते रातको पौने १२ बजेतिर कान्तिको घरमै घाँटी रेटी रड प्रहार गरेर हत्या गरेको अवस्थामा विनको शव फेला परेको थियो। उनको हत्या अभियोगमा स्थानीय तीनजनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मृतकका देवर पर्ने ३६ वर्षीय लालबाबु राउत विन, जेठाजु पर्ने ५६ वर्षीय चन्द्रिका राउत विन र ५७ वर्षीय अमिरिका राउत विन रहेको प्रहरीले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

पर्सा प्रहरीका अनुसार वैदेशिक रोजगारीमा रहेका मृतक कान्तिका छोराले पठाउँदै आएको रकम चोरी गर्ने उद्देश्यले घरमा सुरुङ बनाएर उनीहरू घरभित्र प्रवेश गरेका थिए। कान्तिदेवीले चोरी गर्न गएकाहरूलाई चिनेपछि रहस्य खुल्ने डरले सिरानीले मुख थुनेर घाँटी रेटेर रड प्रहार गरी हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

मृतकका देवर पहिलो चरणको अनुसन्धानमा असोज ७ मा पक्राउ परेपछि उनकै बयानको आधारमा थप दुईजना असोज १४ गते पक्राउ गरिएको प्रहरीको भनाइ छ। उनीहरूलाई हिरासतमा राखेर कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ७ : १९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार