अर्थमन्त्री र एमसीसीका सिइओबीच भेटवार्ता « Khabarhub

अर्थमन्त्री र एमसीसीका सिइओबीच भेटवार्ता


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री डा प्रकाशशरण महत र अमेरिकी सहयोग परियोजना एमसीसीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अल्ब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटघाट भएको छ ।

सिंहदरबारमा आज भएको भेटमा अर्थमन्त्री डा महतले एमसिसीअन्तर्गतका आयोजनाको सफलता अनिवार्य रहेको र निर्धारित समयसीमा, बजेट सीमा र स्कोपअनुरुप कार्यान्वयन हुनसकेमा मात्र विगतका सन्देहको अन्त्य हुने बताए। 

उनले नेपालमा आयोजना व्यवस्थापनको सफल उदाहरण प्रस्तुत हुनसक्ने विचार व्यक्त गरे। कार्यान्वयनमा देखिएका समस्यालाई यथाशीघ्र समाधान गरी अगाडि बढ्न एमसीए नेपाललाई निर्देशनसमेत दिए।

सो अवसरमा  प्रमुख कार्यकारी अधिकृत अल्ब्राइटले नेपालमा एमसीसी आयोजनाको कार्यान्वयन प्रारम्भ भएको अवसरलाई स्मरणीय बनाउन र कार्यान्वयनमा देखिएका समस्याको नजिकबाट जानकारी लिन नेपाल आएको तथा  यसलाई सफल बनाउन एमसीसी कटिबद्ध रहेको विचार व्यक्त गरेको अर्थमन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ८ : ०९ बजे

पन्ध्रौं महाधिवेशन नेतृत्व छान्ने मात्रै होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले

संविधान दिवसमा सुनसरीमा प्रभातफेरी

इनरुवा- संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सुनसरीको सदरमुकाम

टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू) 

काठमाडौं- नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर

पाकिस्तानमा प्रहरी मुख्यालयमा आक्रमण, ३१ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको विस्फोट र

‘संविधानद्वारा सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्गनिर्देश’

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिगो शान्ति, सुशासन,