नेपालगञ्जमा भएको झडपमा तीन सुरक्षाकर्मीसहित १३ घाइते « Khabarhub

नेपालगञ्जमा भएको झडपमा तीन सुरक्षाकर्मीसहित १३ घाइते


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँकेको नेपालगञ्जमा जारी निषेधाज्ञाका क्रममा आज केही स्थानमा भएको झडपमा परेर तीन सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन् । उनीहरुको विभिन्न स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय, बाँकेले प्रेस विज्ञप्ति जारी गर्दै नेपालगञ्जमा शान्ति सुव्यवस्था कायम गर्नका लागि जिल्लास्थित सबै सुरक्षा निकायका सुरक्षाकर्मी प्रभावकारी एवं समन्वयात्मक रुपमा परिचालन भएको जनाएको छ ।

स्थानीय प्रशासनले निषेधाज्ञाका क्रममा सुरक्षाकर्मीबाट सामान्य बल प्रयोग भएको जनाउँदै स्थिति नियन्त्रणमा रहेको उल्लेख गरेको छ । अहिलेको परिस्थितिमा जिल्लाका सबै राजनीतिक दल, नागरिक समाजलगायत आम नागरिकबाट सामाजिक सदभाव र शान्ति कायम गर्न महत्वपूर्ण भूमिकाको स्थानीय प्रसासनले अपेक्षा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले स्थानीय प्रशासन ऐनको दफा ६ (२) बमोजिम नेपाली सेनाको सहयोग लिएकोसमेत जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, बाँकेले आज दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ९ : ४४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया