घरमा माकुराको जालो भए किन फालिहाल्नु पर्छ ? « Khabarhub

घरमा माकुराको जालो भए किन फालिहाल्नु पर्छ ?


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

हामी सबैलाई थाहा होला घरमा माकुराको जालो राख्नु हुँदैन भन्ने । बुढापाकाले पनि बार बार भनिरहने कुरा हो घर भित्र माकुराले जालो लगाउँदा हटाइ हाल्नु पर्छ भनेर । 

त्यसैले माकुराको जालो भयो भने घरमा राम्रो हुँदैन भन्ने मान्यता परापूर्व कालदेखि नै चल्दै आएको छ । भनिन्छ जुन घरमा माकुराको जालो लागेको हुन्छ, त्यस घरमा बस्ने मानिसहरू माकुराको जालो झैँ उल्झनमा परिरहन्छन् ।

वास्तुशास्त्र अनुसार घरमा माकुराको जालो हुनुलाई राम्रो मानिएको छैन ।  यदि घरमा माकुराले जालो लगाएको छ भने उक्त घरमा विभिन्न समस्या र उल्झन आउने र घरमा विवाद लगायत हुने वास्तु शास्त्रमा वर्णन गरिएको छ ।

जसका कारण घरमा विभिन्न किसिमको समस्याहरू उत्पन्न हुने मान्यता पनि रहेको छ । त्यसैले घरमा कहिल्यै पनि माकुराले जालो लगाएको भए त्यसलाई हटाइ हाल्नु पर्छ । 

ज्योतिषशास्त्रअनुसार पनि माकुराको जालोले घरमा नकारात्मक ऊर्जालाई बढाउको साथै  रोगहरूलाई निम्त्याउने गर्छ । ज्योतिषशास्त्र अनुसार जुन घरमा माकुराले जालो बनाउन थाल्छ, त्यस घरमा एकपछि अर्को गर्दै समस्याहरू आउन थाल्दछन् उक्त घरको  सुख शान्ति समृद्धिमा कमी आउन थाल्दछ ।

माकुराको जालो घरमा हुनुको वैज्ञानिक कारण पनि रहेको छ । विज्ञानको अनुसार माकुराको एक जालोमा बिमारी फैलाउने असङ्ख्य सूक्ष्म जीव रहने भएकोले यसले विभिन्न रोगहरू निम्त्याउने गर्दछ त्यसैले यो घरमा राख्नु हुँदैन । 

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ६ : १७ बजे

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल कात्तिक १३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १३ गते शुक्रबार सन् २०२६

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग