घरमा माकुराको जालो भए किन फालिहाल्नु पर्छ ? « Khabarhub

घरमा माकुराको जालो भए किन फालिहाल्नु पर्छ ?


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

हामी सबैलाई थाहा होला घरमा माकुराको जालो राख्नु हुँदैन भन्ने । बुढापाकाले पनि बार बार भनिरहने कुरा हो घर भित्र माकुराले जालो लगाउँदा हटाइ हाल्नु पर्छ भनेर । 

त्यसैले माकुराको जालो भयो भने घरमा राम्रो हुँदैन भन्ने मान्यता परापूर्व कालदेखि नै चल्दै आएको छ । भनिन्छ जुन घरमा माकुराको जालो लागेको हुन्छ, त्यस घरमा बस्ने मानिसहरू माकुराको जालो झैँ उल्झनमा परिरहन्छन् ।

वास्तुशास्त्र अनुसार घरमा माकुराको जालो हुनुलाई राम्रो मानिएको छैन ।  यदि घरमा माकुराले जालो लगाएको छ भने उक्त घरमा विभिन्न समस्या र उल्झन आउने र घरमा विवाद लगायत हुने वास्तु शास्त्रमा वर्णन गरिएको छ ।

जसका कारण घरमा विभिन्न किसिमको समस्याहरू उत्पन्न हुने मान्यता पनि रहेको छ । त्यसैले घरमा कहिल्यै पनि माकुराले जालो लगाएको भए त्यसलाई हटाइ हाल्नु पर्छ । 

ज्योतिषशास्त्रअनुसार पनि माकुराको जालोले घरमा नकारात्मक ऊर्जालाई बढाउको साथै  रोगहरूलाई निम्त्याउने गर्छ । ज्योतिषशास्त्र अनुसार जुन घरमा माकुराले जालो बनाउन थाल्छ, त्यस घरमा एकपछि अर्को गर्दै समस्याहरू आउन थाल्दछन् उक्त घरको  सुख शान्ति समृद्धिमा कमी आउन थाल्दछ ।

माकुराको जालो घरमा हुनुको वैज्ञानिक कारण पनि रहेको छ । विज्ञानको अनुसार माकुराको एक जालोमा बिमारी फैलाउने असङ्ख्य सूक्ष्म जीव रहने भएकोले यसले विभिन्न रोगहरू निम्त्याउने गर्दछ त्यसैले यो घरमा राख्नु हुँदैन । 

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ६ : १७ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल