के हो रोबटीक सर्जरी ? | Khabarhub Khabarhub

के हो रोबटीक सर्जरी ?

युरो सर्जरी कस्तो अवस्थामा गर्नुपर्छ ?


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

विदेशमा प्राय मुत्रनलीसँग सम्बन्धित उपचार गर्नुपर्दा युरो सर्जरी गर्ने गरिन्छ। तर यो धेरै जोखिमपूर्ण भएकाले विशेषज्ञ चिकित्सकले आधुनिक प्रविधिको प्रयोग गरेर गर्ने गर्छन्। यसका लागि  रोबटीक सर्जरीको प्रयोग हुन्छ। पछिल्लो समय नेपालमा पनि युरो सर्जरीको माध्यमबाट उपचारको प्रयास भइरहेको छ। तर त्यो प्रविधि प्रयोगमा आइसकेको छैन। रोबटीक सर्जरी भनेको के हो ? यसले कसरी काम गर्छ ? युरो सर्जरी कस्तो कस्तो अवस्थामा गर्नुपर्छ ? यसको उपचारमा विदेश तथा नेपालको परिपाटीमा के फरक छ ? यी र यस्तै विषयमा आधारित रहेर २० वर्ष विदेशमा युरो सर्जरी गरेको अनुभव लिएका युरोलोजिस्ट डा. प्रतिकमानसिंह गुरुङसँग खबरहबका लागि गरिएको कुराकानीको सम्पादित अंश :

युरोलोजीको धेरै समस्या के कारणले आउने हो ?
युरोलोजी भनेको स्वास्थ्य हेरचाहको एक भाग हो। जुन पुरुष र महिलाको मूत्र मार्ग (मिर्गौला, मूत्र नली) सँग सम्बन्धित रोग हो। युरोलोजी भनेको एउटा सानो विषय होइन। यसले एउटा अंगलाई मात्र असर गरेको हुँदैन। मिर्गौलाको क्यान्सर, महिला पुरुष सबैमा हुन्छ। यो भनेको पिसाबको समस्याले हुनसक्छ। यौन अङ्गहरूमा भएका समस्यासमेत यसमै पर्छन्। त्यसलाई विदेशमा ठाउँ हेरेर एकदमै आधुनिक रूपमा नै उपचार गर्ने प्रविधि विकास भएका छन्। नेपालमा पनि प्रविधिको विस्तार भइरहेको छ। केही अस्पतालमा यो प्रविधि भित्रिएको छ। युरो सर्जरीको टेक्नोलोजी महंगो पर्छ। महंगो टेक्नोलोजी भएकै कारणले गर्दा नेपालमा यो सबैको पहुँचमा छैन।

तपाईंले यो समस्यामा नेपाल र बाहिर काम गर्दा के फरक पाउनुभयो ?
यसको उपचारमा मुख्य कुरा भनेको टेक्नोलोजीको सामानमा भरपर्छ। ती सामानहरू बिस्तारै आएका छन्। कतिपय त आइपुगेकै छैनन्। जस्तो रोबटिक सर्जरीका सामानहरु छैनन्। पछिल्लो समय भारत र चीनमा हेर्ने हो भने रोबटीक सर्जरीको फ्युलहरु राम्रोसँग विकास भएका छन्। भारतमा धेरै नै रोबटीक सर्जरी युनिटहरू आइसकेका छन्। चीनमा पनि छन्। नेपालमा पनि केही समयमा यो आउला जस्तो लाग्छ। यसले ठुलाठुला सर्जरी गर्न सजिलो हुन्छ।

रोबटीक सर्जरीलाई हामीले कसरी बुझ्ने ?
रोबटीक सर्जरी भनेको एउटा ठुलो प्रविधि हो। त्यसमा कम्प्युटर डिभाइस र सिस्टमहरू हुन्छन्। जहाँ राम्रो प्रविधि जटित हुन्छ। त्यही प्रविधिको सहायताले सर्जनले सर्जरी गर्ने हो। यसमा रोबटले नै सबै अप्रेसन गर्ने भने होइन। सर्जनले योजना बनाएर रोबटको सहायता लिएर अप्रेसन गर्ने हो। सानो–सानो अगंमा पुगेर गरिने सूक्ष्म अप्रेसनमा सर्जनको हात काम्न सक्छ, त्यस्तो अवस्थामा रोबटको सहायता लिँदा काम उत्कृष्ट हुन्छ। यो महंगो भए पनि बिरामीको स्वास्थ्य र चिकित्सा क्षेत्रको राम्रो प्रविधि हो।

रोबटीक सर्जरीको फाइदा के छ ?
रोबटीक सर्जरी एकदमै एडभान्स कम्प्युटर सिस्टम भएको कारणले मोमेन्टहरु एकदम सक्रिय हुन्छन्। त्यसैले गर्दा ठुलोठुलो अप्रेसनहरूमा धेरै फाइदा हुन्छ। बिरामीहरूको रिकोभरी पनि छिटो हुन्छ। यो प्रविधि सन् २००० देखि नै युरोपमा प्रयोग गरिएको छ। यो युरोलोजीमा मात्र होइन अन्य धेरै सर्जरीहरूमा प्रयोग भइरहेको छ।

नेपालका कसरी सेवा दिन सकिएला ?
अहिलेको आवश्यकता भनेको रोबटीक सर्जरी हो। पैसाको सवालमा महंगो परे पनि भारत र चीनले प्रयोग गरिराखेका छन्। यसलाई नेपालसम्म ल्याउन सकिन्छ। यसको प्रयोगले बिरामीलाई पनि सजिलो हुने, अस्पताल सधैँ धाइराख्नु नपर्ने हुन्छ। अरू समस्या पनि आउँदैनन्। अन्य समस्या आउँदा बारम्बार अस्पताल जाँदा पनि त खर्च लाग्छ। त्यसैले यो निकै राम्रो मानिएको छ। म त भन्छु हरेक क्षेत्रमा यो सुविधा विस्तार गर्नुपर्छ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ७ : ०२ बजे

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको