सेमिफाइनल प्रवेशको रोचक समीकरणमा विश्वकप | Khabarhub Khabarhub

सेमिफाइनल प्रवेशको रोचक समीकरणमा विश्वकप


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

श्रीलङ्का विश्वकपबाट लगभग बाहिरिएको छ। सेमिफाइनल प्रवेशको सम्भावना गणितीय रूपमा जीवित नै छ। तर व्यावहारिक रूपमा त्यो असम्भव नै देखिन्छ। भारतसँगै दक्षिण अफ्रिकाको सेमिफाइनल प्रवेश पनि लगभग निश्चित छ।

अस्ट्रेलिया बाहिरिनका लागि केही नाटकीय खेलको आवश्यकता पर्छ। त्यो पनि एकाध होइन धेरै खेलमा। तसर्थ यस विश्वकपमा भारत, दक्षिण अफ्रिका र अस्ट्रेलियाको सेमिफाइनल प्रवेश गर्ने निश्चित भइसकेको छ । चौथो टोलीको रूपमा यस पटक अफगानिस्तान पनि होडमा रहेको छ। नेदरल्यान्ड्ससँगको खेलमा जित हात पारे अफगानिस्तान न्युजील्यान्ड र अस्ट्रेलियासँग समान ८ अङ्क हुनेछ। अफगानिस्तान रन रेटमा भने धेरै पछाडि छ।

शनिबार दिउँसो अस्ट्रेलियाले इङ्गल्यान्डसँग सातौँ खेल खेल्नु अघि नै न्युजील्यान्ड र पाकिस्तानको खेल हुनेछ। उनीहरूको लिग चरणको आठौँ खेल हो। सो खेल भने लिग चरणमा बाँकी रहेका खेलमध्य सबैभन्दा महत्त्वपूर्ण हुनसक्ने छ।

सहभागी १० टोलीमा भारत, दक्षिण अफ्रिका, श्रीलङ्का, न्युजील्यान्ड, पाकिस्तान र बंगलादेशले सात तथा नेदरल्यान्ड्स, अस्ट्रेलिया, इङ्गल्यान्ड र अफगानिस्तानले ६ खेल खेलेका छन्। औपचारिक रूपमा बङ्गलादेश मात्र बाहिरिएको छ भने भारत मात्र सेमिफाइनलमा पुगेको छ ।

दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाले अन्तिम दुई खेल भारत र अफगानिस्तानसँग खेल्ने छ। यी दुवै खेलमा पराजित भए पनि सो टोली सेमिफाइनल प्रवेश नगर्ने सम्भावना अत्यन्त न्यून छ। यसका लागि अस्ट्रेलिया १२ अङ्क या सो भन्दा बढी हुनु आवश्यक छ भने न्युजिल्यान्ड र अफगानिस्तानको पनि १२ अङ्क भएर दुवै टोलीको रन रेट दक्षिण अफ्रिकाको भन्दा बढी हुनुपर्छ। जुन असम्भव नै छ।

शुक्रबार नेदरल्यान्ड्सँग अफगानिस्तान हारेमा यसै खेलको समाप्तिपछि दक्षिण अफ्रिका औपचारिक रूपमा सेमिफाइनल प्रवेश गर्नेछ।

तेस्रो स्थानमा रहेको अस्ट्रेलियाको ८ अङ्क छ। इङ्ग्ल्यान्ड, अफगानिस्तान र बङ्गलादेशसँग खेल्न बाँकी छ। अहिलेको फर्म हेर्दा यी तीन वटै खेलमा जित हात पार्ने प्रबल सम्भावना छ। तसर्थ अस्ट्रेलिया दोस्रो या तेस्रो स्थानसहित सेमिफाइनल प्रवेश गर्ने देखिन्छ। फेरि खेल हो अस्ट्रेलिया बाहिरिने सम्भावना पनि बाँकी नै छ। अहिलेको फर्म हेर्दा यो कुरा व्यावहारिक देखिएको छैन।

चौथो स्थानमा रहेको न्युजील्यान्ड बाहिरिने सम्भावना एकदमै कम छ। तथापि सम्भावना नै छैन भन्ने होइन। पहिलो चार खेलमा लगातार जित हात पारेको न्युजील्यान्डले त्यस पछिका तीन खेलमा लगातार हार व्यहोरेको छ। न्युजील्यान्डले पाकिस्तान र श्रीलङ्कासँग खेल्न बाँकी छ। यी मध्येका दुवै खेलमा जित हात पारे पनि न्युजील्यान्ड सेमिफाइनल प्रवेश गर्ने सम्भावना प्रबल छ तर पक्का भने छैन।

अफगानिस्तानले तीन वटै खेल जितेमा १२ अङ्क हुनेछ। न्युजील्यान्ड, अफगानिस्तान र अस्ट्रेलियाको १२ अङ्क हुने सम्भावना रहन्छ। यस अवस्थामा दक्षिण अफ्रिका पनि १२ अङ्कमा नै रोकिने सम्भावना हुन्छ। यसो भएमा चार टोली मध्य एक बाहिरिने अवस्था रहन्छ। यस अवस्थामा रन रेटको आधारमा निर्णय हुनेछ। तर अफगानिस्तानले तीन वटै खेल जित्ने सम्भावना अत्यन्त न्यून छ। तीन वटै खेलपछि पनि रन रेटमा अफगानिस्तान माथि रहने सम्भावना अझ कम छ।

पाकिस्तान र न्युजील्यान्डसँग पराजित भएमा विश्वकप रोमाञ्चक मोडमा पुग्ने छ। यी दुवै टोलीको एक खेल बाँकी रहँदा ८ अङ्कमा नै रहने छन्। यो खेलपछि नै दक्षिण अफ्रिका औपचारिक रूपमा सेमिफाइनल प्रवेश गर्ने छ।

अस्ट्रेलियाले पनि आठौँ खेलमा इङ्गल्यान्डलाई पराजित गर्ने सम्भावना प्रबल छ। सो जितले अस्ट्रेलियाको पनि १० अङ्क हुनेछ। त्यसपछि बङ्गलादेशसँग अस्ट्रेलियाको खेल हुनेछ। शनिबार साँझसम्मको अन्य खेलको समीकरण हेर्दा अस्ट्रेलिया सेमिफाइनलको एकदमै नजिक पुगीसकेको हुनेछ भने दक्षिण अफ्रिका सुरक्षित क्षेत्रमा छ।

पाकिस्तानले न्युजील्यान्डलाई हराएमा उसको नेट रन रेट शून्यको हाराहारीमा रहने प्रबल सम्भावना छ। सो खेल एकदमै प्रतिस्पर्धात्मक भएर पाकिस्तान जितेमा अझ न्युजील्यान्डको अवस्था राम्रो हुनेछ।

न्युजील्यान्डले श्रीलङ्कासँगको हार तथा पाकिस्तानको इङ्गल्यान्डसँगको जित आवश्यक रहन्छ। तथापि यो सम्भावना पनि कम छ। अन्यथा पाकिस्तान एकदमै फराकिलो अन्तरले इङ्गल्यान्डलाई हराउने तथा न्युजील्यान्डले श्रीलङ्कालाई प्रतिस्पर्धात्मक खेलमा हराएमा पनि पाकिस्तान सेमिफाइनलमा प्रवेश गर्न सम्भव हुनेछ।

अफगानिस्तानको हकमा तीन वटै खेलमा जित हात पारेमा न्युजील्यान्डको एक हारले सेमिफाइनल प्रवेशको बाटो खुल्ने छ।नेदरल्यान्ड्ससँग जिते ८ अङ्क हुने अफगानिस्तान अर्को एक खेल जिते १० अङ्क हुनेछ।

यस अवस्थामा गणितीय सम्भावना त अन्य सबै टोली ८ अङ्कमा सीमित रहने पनि छ। व्यवहारिक रूपमा त्यो कठिन छ। व्यवहारिक रूपमा अफगानिस्तान जानका लागि १० अङ्क भए न्युजील्यान्डको दुवै खेलमा हार तथा अफगानिस्तान र नेदरल्यान्ड्सँगको खेलमा धेरै अन्तरले सम्भव पनि हुनसक्छ। अन्यथा अफगानिस्तान १० अङ्क पुगेर न्युजिल्यान्डको दुवै खेलमा हार तथा पाकिस्तानको इङ्ग्ल्यान्डसँगको हारले पनि अफगानिस्तान सेमिफाइनल प्रवेश गर्न सक्छ। नेदरल्यान्ड्सको ४ अङ्क छ। अफगानिस्तानबाहेक इङ्गल्यान्ड र भारतसँग खेल्न बाँकी छ।

नेदरल्यान्ड्सले अफगानिस्तानलाई हराएमा अहिलेको इङ्गल्यान्डको फर्म हेर्दा त्यो पनि जितका लागि सम्भव देखिन्छ। अन्तिम खेल भारतसँग खेल्ने नेदरल्यान्ड्सका लागि सो खेलमा जित हात पारे प्रतियोगिताकै अप्रत्याशित नतिजा मात्र हुने छैन। यसले सेमिफाइनल प्रवेश पनि गराउन सक्ने धेरै समीकरण बाँकी छन्।

सातौँ स्थानमा रहेको श्रीलङ्काका लागि भारतसँगको हार एकदमै कठिन र बिर्सन लायक बनेको छ। तीन सय २ रन अन्तरको फराकिलो हार व्यहोरेको श्रीलङ्काले बाँकी दुवै खेल जिते ८ अङ्क हुने छ। यस अवस्थामा पाकिस्तानले न्युजील्यान्डलाई हराएर इङ्गल्यान्डसँग हारे श्रीलङ्काको गणितीय सम्भावना बाँकी नै रहन्छ।

यत्ति मात्र होइन अफगानिस्तान पनि ८ अङ्कमा रोकिए न्युजील्यान्ड, पाकिस्तान, श्रीलङ्का र सम्भवतः अफगानिस्तान सहितको समूहबाट रन रेटको आधारमा एक टोली सेमिफाइनल प्रवेशको सम्भावना हुनेछ। यसमा श्रीलङ्काले दुवै खेलमा एकदमै फराकिलो अन्तरले जितेर पाकिस्तानको पनि इङ्गल्यान्डसँगको फराकिलो अन्तरको हारले मात्र श्रीलङ्कालाई सेमिफाइनल लैजान सक्छ। जुन गणितीय रूपमा सम्भव भए पनि व्यवहारिक रूपमा असम्भव देखिन्छ।

पुछारको टोली इङ्गल्यान्डसँग बाँकी सबै खेल जितेर अन्य धेरै टोली ८ अङ्कमा रोकिएर नेटरन रेटमा अगाडि बढ्ने गणितीय सम्भावना बाँकी छ। सबै टिमका लागि केही सम्भावना बाँकी छन्। व्यवहारिक सम्भावनालाई हेर्दा भने पाकिस्तान र न्युजील्यान्डका बाँकी खेल सबैभन्दा महत्त्वपूर्ण छन्। स्रोतः क्रिक इन्फो

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ८ : ०२ बजे

प्रधानमन्त्रीले चौथो पटक विश्वासको मत लिँदा को-को अनुपस्थित थिए ?

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत लिँदा

फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं– अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष एवं अभिनेता हरिहर

महामन्त्री शर्माको टिप्पणी- संसद्‌मा आज सभामुख देखिनँ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज संसद्‌मा सभामुख नदेखेको

राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित

काठमाडौं– राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज बसेको

७० वर्षअघि संसदमा महाकवि देवकोटाको प्रश्न– हामी कहिले मान्छे बनौँला ? 

राणाकालमै पूर्वी नेपालका धेरै दुर्गम ठाउँमा रात्रि स्कुल थिए ।