नेपाली सेनामा जागिर खुल्यो, २२९ अधिकृत क्याडेटका लागि दरखास्त आव्हान « Khabarhub

नेपाली सेनामा जागिर खुल्यो, २२९ अधिकृत क्याडेटका लागि दरखास्त आव्हान


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनामा जागिर खुलेको छ । सैनिक साधारण सेवा समुह अन्र्तगत २२९ जना अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको हो । 

सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि शुक्रबार सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेको हो । 

नेपाली सेनाका लागि २२९ अधिकृत क्याडेट खुला तथा समावेशी प्रतियोगितामार्फत पदपूर्ति गरिने जनाईएको छ । जसअनुसार सैनिकका सन्तति १२, खुल्लातर्फ १२२, महिला १७, आदिबासी-जनजाति ३३, मधेसी २७, दलित १५ र पिछडिएको क्षेत्रबाट ३ सहित कुल २२९ जना अधिकृत क्याडेट माग गरेको हो । 

आजदेखि मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर बुझाई थप एक हप्तासम्म आवेदन दिन सकिने सेनाले जनाएको छ ।

 

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ८ : ०८ बजे

नेपाललाई अतिकम विकसित मुलुक स्तरोन्नतिका लागि थप तीन वर्ष, बालेन सरकारको कूटनीतिक सफलता

काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) को

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

सप्तरी– सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका

नक्कली सवारी दर्ता किताब बनाई ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको

अर्नब चक्रवातको प्रभावले देशभर मौसम बदली, काठमाडौंमा सामान्य वर्षा

काठमाडौं– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन

मुस्ताङको पर्यटन सुस्ताउँदै

मुस्ताङ– मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ । भारी हिमपात,