दिल्लीको हावामा धुलो र धुवाँ मात्रै, दुई दिनसम्म विद्यालय बन्द « Khabarhub

दिल्लीको हावामा धुलो र धुवाँ मात्रै, दुई दिनसम्म विद्यालय बन्द


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– देशको राजधानी दिल्लीको हावा लगातार खराब हुँदै गइरहेको छ । दिल्लीका धेरै क्षेत्रमा एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ४२२ पुगेको छ। जनता विषाक्त हावामा सास फेर्न बाध्य छन् । 

अवस्था यस्तो छ कि अहिले डाक्टरहरूले पनि प्रदूषणबाट बच्न सल्लाह दिन थालेका छन् । विशेषगरी बालबालिका, वृद्धवृद्धा र बिरामीहरूलाई बढी सजग रहन अपिल गरिएको छ ।

विगत केही दिनदेखि दिल्लीको एयर क्वालिटी इन्डेक्स लगातार खराब श्रेणीमा रेकर्ड भइरहेको थियो तर अहिले स्थिति थप खराब भएको छ। जताततै धुवाँ छ । बिहीबार राजधानीका धेरै क्षेत्रमा वायु गुणस्तर सूचक (एक्यूआई) ४ सयको स्तर नाघेर गम्भीर श्रेणीमा पुगेको छ ।

 केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार एक्यूआई ४ बजे ३९२ मा रेकर्ड गरिएको थियो भने यो संख्या एक घण्टा पछि गम्भीर श्रेणीमा आयो, त्यसपछि यो संख्या १० बजे सम्म ४२२ मा पुग्यो ।  

जसका कारण केन्द्र सरकारको प्रदूषण नियन्त्रण योजनाको तेस्रो चरणअन्तर्गत दिल्लीमा हल्का कमर्सियल गाडी र डिजेलबाट चल्ने ट्रकको प्रवेशमा प्रतिबन्ध लगाइएको थियो। यससँगै दिल्लीका सबै निजी र सरकारी विद्यालयहरू आज र भोलि बन्द रहने भएका छन्। यससँगै निर्माणको काममा पनि रोक लगाइएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ९ : ४१ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई