ओमान पनि टी–२० विश्वकपमा छनोट « Khabarhub

ओमान पनि टी–२० विश्वकपमा छनोट


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ओमान पनि सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी मेन्स टी–२० विश्वकपमा छनोट भएको छ । आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा बहराइलाई १० विकेटले पराजित गर्दै ओमान विश्वकपमा छनोट भएको हो ।

बहराइनले दिएको एक सय सात रनको लक्ष्य ओमानले १४ दशमलव एक ओभरमा पूरा ग¥यो । ओमानको जीतमा कश्यप प्रजापतिले सर्वाधिक ५७ रन बनाए । उनले ४४ बलमा दुई छक्का र छ चौका प्रहार गरे । साथै प्रतीक अथावेलले ४१ बलमा एक छक्का र चार चौकासहित ४८ रन बनाए ।

ओमानले फाइनलमा नेपालविरुद्ध खेल्नेछ ।

यसअघि बहराइनले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय छ रन मात्रै बनाउन सक्यो । उसका लागि इमरान अलीले ३०, अहमर बिन निसारले २६ र सर्फराज अलीले २३ रन बनाए । ओमानका लागि अक्वि इलायसले चार विकेट लिए भने सकिल अहमदले दुई विकेट लिए । साथै फयाज बट र जीसान मक्सुदले समान एक विकेट लिए ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  २ : ४६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको