विद्युत् प्राधिकरणले ६५ लाख बक्यौता उठायो | Khabarhub Khabarhub

विद्युत् प्राधिकरणले ६५ लाख बक्यौता उठायो


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भरतपुर- नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले यही कात्तिक १२ गते देखि १६ गतेसम्ममा रु ६५ लाख २० हजार बक्यौता रकम उठाएको छ ।

प्राधिकरणले ६० दिन कटेका ग्राहकको लाइन काट्ने अभियानअन्तर्गत यो बक्यौता उठाएको हो । केन्द्रका प्रमुख रामु श्रेष्ठका अनुसार अभियानका क्रममा बिहीबारसम्म तीन सय ३० ग्राहकको लाइन काटिएको छ । सो क्रममा रु एक करोड चार लाख ३८ हजार बराबरको बक्यौता रकम बराबरको लाइन काटिएको हो । उनले भने, “लाइन काटिएकामध्ये ८० प्रतिशतले बक्यौता रकम बुझाउन आएका छन् ।”

बक्यौता रकम पूर्ण रुपमा नतिरे पनि एक सातादेखि एक महिनासम्मको भाकामा बक्यौता तिर्छु भनेर कबुल गरेर लाइन जडान गरेका छन् । लाइन काटिएकामध्ये दुई सय ९७ ग्राहकले बक्यौता रकम बुझाएका छन् । आर्थिकमन्दीका कारण ग्राहकले समयमा पैसा बुझाउन नसकेको हुनसक्ने उनको भनाइ थियो । कतिपय ग्राहकले २० देखि ३० प्रतिशत मात्रै बक्यौता रकम बुझाउने गरेका छन् ।

कार्यालयका अनुसार तीन हजार दुई सय ९४ ग्राहकको ६० दिनभन्दा बढीको बक्यौता रहेको छ । उनीहरुको यही अभियानका क्रममा लाइन काटिने उनले जानकारी दिए । उनीहरुबाट रु १८ करोड ५३ लाख बक्यौता उठ्न बाँकी रहेको छ ।

केन्द्रले चालु आर्थिक वर्षको कात्तिक १६ गतेसम्म बक्यौता नतिर्ने छ सय ३१ ग्राहकको लाइन काटेको छ । उनीहरुबाट रु दुई करोड २१ लाख ७८ हजार बक्यौता उठ्न बाँकी रहेको कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए । अभियानअन्तर्गत लाइन काट्न थालेसँगै लाइन नकाटिएका ग्राहकसमेत महसुल तिर्न आउन थालेको उनले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  २ : ५७ बजे

बंगलादेशकी प्रधानमन्त्री हसिना मोदीको सपथ समारोहमा सहभागी हुन नयाँ दिल्लीमा

काठमाडौं– बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको राजधानी नयाँ दिल्ली पुगेकी

बजेट कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी

अस्ट्रेलियाको उत्खनन् कम्पनीका डाटा लिक

काठमाडौँ– अज्ञात ह्याकरहरुले अस्ट्रेलियाको एउटा ‘रेयर अर्थ मटेरियल’ उत्खनन् गर्ने

राजदूत फिर्ता बोलाउने सरकारको निर्णय कूटनीतिक र मर्यादाविपरीत : उपेन्द्र यादव

जनकपुरधाम– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतसहित

शेखर कोइरालाको प्रश्न- प्रधानमन्त्री जाने दिन राजदूत फिर्ता संयोग की नियत ?

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजदूत