बर्दियामा हात्तीको उपचार गर्न शिविर « Khabarhub

बर्दियामा हात्तीको उपचार गर्न शिविर


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका हात्तीको उपचारका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । निकुञ्जमा पालिएका हात्तीको जिल्लामै पहिलो पटक स्वास्थ्य जाँच गरिएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा आयोजना गरिएको शिविरमा हात्तीलाई जुकाको औषधि खुवाउने, नङ काट्ने र विभिन्न खोप लगाइने निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठ जानकारी दिए ।

उनका अनुसार आजदेखि सुरु भएको शिविर तीन दिनसम्म सञ्चालन हुनेछ । हात्ती स्वास्थ्य शिविरमा विशेष गरी हात्तीसारमा रहेका १३ हात्तीको नङ काट्ने (फुट ट्रिमिङ), रगत जाँच गर्ने र जुकाको औषधि खुवाउने निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा अशोक रामले बताए ।

निकुञ्जमा पालिएका हात्तीमा देखिने स्वास्थ्य समस्याको उपचारका लागि शिविर सञ्चालन गरिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ५ : ०१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया