हात्तीको दाह्राजस्तो देखिने वस्तुसहित झापामा दुई जना पक्राउ « Khabarhub

हात्तीको दाह्राजस्तो देखिने वस्तुसहित झापामा दुई जना पक्राउ


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

दमक- हात्तीको दाह्राजस्तो देखिने वस्तुसहित झापामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ७ जरूवा टोल बस्ने ४७ वर्षीय तिखबहादुर बिश्वकर्मा र ५० वर्षीय शावा लिम्बु छन् ।

उनीहरुलाईलाई ७ इन्च लम्बाई र १२ इन्च गोलाईको १ केजी ७ सय ९० ग्राम तौल भएको हात्तीको दाह्राजस्तो देखिने वस्तुसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

तिखबहादुरको किराना पसलमा हात्तीको दाह्रा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उक्त वस्तु फेला पारी उनलाई पक्राउ गरेको थियो ।

थप अनुसन्धानको क्रममा उक्त वस्तु शावा लिम्बुको घरबाट ल्याएको भन्ने खुल्न आएपछि लिम्बुलाईसमेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ५ : ३८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको