हात्तीको दाह्राजस्तो देखिने वस्तुसहित झापामा दुई जना पक्राउ | Khabarhub Khabarhub

हात्तीको दाह्राजस्तो देखिने वस्तुसहित झापामा दुई जना पक्राउ


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

दमक- हात्तीको दाह्राजस्तो देखिने वस्तुसहित झापामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ७ जरूवा टोल बस्ने ४७ वर्षीय तिखबहादुर बिश्वकर्मा र ५० वर्षीय शावा लिम्बु छन् ।

उनीहरुलाईलाई ७ इन्च लम्बाई र १२ इन्च गोलाईको १ केजी ७ सय ९० ग्राम तौल भएको हात्तीको दाह्राजस्तो देखिने वस्तुसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

तिखबहादुरको किराना पसलमा हात्तीको दाह्रा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उक्त वस्तु फेला पारी उनलाई पक्राउ गरेको थियो ।

थप अनुसन्धानको क्रममा उक्त वस्तु शावा लिम्बुको घरबाट ल्याएको भन्ने खुल्न आएपछि लिम्बुलाईसमेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ५ : ३८ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड