कांग्रेस एक ढिक्का छ : सभापति देउवा « Khabarhub

कांग्रेस एक ढिक्का छ : सभापति देउवा


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस अहिलेको परिस्थितिमा एक ढिक्का भएर अघि बढेको बताएका छन् । नेपाली कांग्रेस बागलुङले आज आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसमा पहिलाजस्तो गुनासो नभएको भन्दै छिटफुट गुनासोलाई सम्बोधन गर्दै जाने उल्लेख गरे ।

सभापति देउवाले नेपालको संविधान कार्यान्वयनकै चरणमा रहेको भन्दै आलोचना गर्न नहुने धारणा राखे । “नेपालको संविधानको कार्यान्वयन र सङ्घीयताको विषयमा छिटफुट गुनासालाई हामीले स्वभाविक मानेका छौँ”, सभापति देउवाले भने, “वर्तमान संविधान पूर्ण कार्यान्वयनमा जान्छ त्यसमा कुनै शङ्का गर्न पर्दैन । नेपालको संविधान उत्कृष्ट संविधान हो, यसको कार्यान्वयनमा आएका केही समस्या हामी समाधान गरेर अगाडि बढ्छौँ ।” देउवाले नेपाली कांग्रेस पुनः सङ्गठित र थप मजुबद हुँदै जिल्ला सम्मेलन आयोजना गर्नु सुखद् पक्ष रहेको बताए ।

नेपाली कांग्रेसले वडादेखि जिल्ला सम्मेलनमार्फत कांग्रेस थप मजबुद हुने बताउँदै जिल्ला सम्मेलन आयोजना गर्ने बागलुङ कांग्रेसलाई धन्यवाद दिए । उनले पछिल्लो समय बागलुङमा मात्रै नभएर देशभर कांग्रेसप्रतिको जनलहर बढिरहेको दाबी गरे । नेपाली कांग्रेस विकास र समृद्धिको पक्षमा सदैव रहने बताउँदै राजनीतिक प्रतिशोधका आधारमा कसैलाई गाली गर्न नहुने बताए । देउवाले बागलुङमा नेपाली कांग्रेसले स्थानीय तह र प्रदेशसभामा पाएको सिटको खुलेर प्रशंसा गरे ।

सो अवसरमा सभापति देउवाले सहिद परिवार तथा ज्येष्ठ नागरिकलाई सम्मान गरेका थिए । जिल्ला सम्मेलनमा दुई हजार नेता तथा कार्यकर्ता सहभागी थिए । सो अवसरमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि नेपाली कांग्रेसले ठूलो योगदान गरेको बताए । कांग्रेस पार्टीलाई बलियो बनाउन जनस्तरबाटै नेता, कार्यकर्ता लाग्नु पर्ने भन्दै नेताहरु पनि उत्तरदायी र जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

सो अवसरमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको असल कार्यान्वयनमा अझै पनि केही समस्या रहेको बताए । पूर्वगृहमन्त्री समेत रहेका सिटौलाले मुलुक सङ्घीय संरचनामा गइसकेपछि प्रदेश र स्थानीय तहले केन्द्रीय सरकारकै मुख ताक्नुपर्ने अवस्था आउन नहुने धारणा राखे ।

“संविधानले परिकल्पना गरेको सङ्घीयता संरचनाअनुसार स्वायत्त स्थानीय तह बनाउन कांग्रेसले निर्णायक भूमिका खेल्नु पर्छ”, उनले भने । नेता सिटौलाले नेपाली कांग्रेसमा पुस्तान्तरण आवश्यकता रहेको समेत बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ६ : ०९ बजे

भरूवा बन्दुकसहित एकजना पक्राउ

संखुवासभा– भोटखोला गाउँपालिका-४ सिप्रुङ बस्ने ६० वर्षीय धनमान विश्वकर्मालाई भरूवा बन्दुक १

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

कैलाली– आफ्नै श्रीमती ३० वर्षीया सरस्वती अबस्थी जोशीको हत्या गरेको अभियोगमा

रुकुम पश्चिममा नौ उम्मेदवारको जमानत जफत

त्रिवेणी– रुकुम पश्चिमका १२ मध्ये नौ उम्मेदवारको जमानत जफत भएको

अवैध लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ

सुनसरी– इटहरी उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम

कमजोर अर्थतन्त्रको धरातलमा उभिएको सेयर बजार रास्वपाको आशामा जुरुक्क

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचन अघि बन्द