बेँसीसहर–चामे सडकमा कालोपत्र सुरु « Khabarhub

बेँसीसहर–चामे सडकमा कालोपत्र सुरु


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङ-मनाङ जोड्ने एकमात्र बेँसीसहर-चामे सडक ट्र्याक खोलेको २९ वर्षपछि अमेरिकन प्रविधिको ‘अस्फाल्ट’ कालोपत्र सुरु भएको छ । बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक बिहीबारदेखि कालोपत्र सुरु भएको हो ।

स्तरोनन्ति तथा कालोपत्र गर्ने कार्यअन्तर्गत पहिरो चरणको करिब ९० प्रतिशत काम सम्पन्न भएसँगै दोस्रो चरणको काम सुरु भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इञ्जिनियर पुरुषोत्तम अधिकारीले बताए । उनका अनुसार पहिलो चरणमा सडकको पर्खाल उठाउने, कल्भर्ट बनाउने, चौडा गर्ने, कटिङ गर्ने कार्यसम्पन्न भएको छ भने नाली र अन्य केही संचरना निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ । स्था

नीय श्रमदान र सरकारी निकायबाट सहयोग मागेर लमजुङवासीले विसं २०५१ मा यस खण्डअन्तर्गत बेँसीसहरदेखि खुदीसम्म मोटरबाटोको ट्र्याक खोलेको थियो । उक्त खण्डमा कालोपत्रको काम अघि बढ्दा स्थानीय उत्साहित भएका छन् । सडक पाँच दशमलव पाँच मिटरको सवारी गुड्ने, एक दशमलव एक मिटरको नाली र सर्वसाधारण हिँड्ने बाटो एक मिटर चौडाइको हुने इञ्जिनियर अधिकारीले बताए ।

उनका अनुसार बस्ती भएका ठाउँमा भने दुईतर्फी नै नाली निर्माण गरिने र बस्ती नभएका ठाउँमा एकतर्फी नाली निर्माण गरिनेछ । यस सडकको तेस्रो चरण तथा अन्तिम चरणअन्तर्गत कालोपत्रे सम्पन्न भएसँगै रोड माकिर्ङ, रोड फर्निचर पेन्टिङ गर्ने, क्र्यास बेरियर र किलोमिटर पोस्ट राख्नेलगायतको काम हुने भएको अधिकारीको भनाइ थियो ।

उनका अनुसार विभिन्न पटक म्याद थप गर्दै आगामी असार मसान्तभित्रमा सबै काम सम्पन्न हुने सम्झौता भएको छ । हालसम्म ६५ प्रतिशत सडक स्तरोनन्तिको काम सम्पन्न भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ । विसं २०८० असार मसान्तसम्म कालोपत्र गर्नेगरी विसं २०७८ असारमा सम्झौता गरेर काम अघि बढाइएको थियो । कार्यालयका अनुसार रू ५२ करोड ९६ लाखको लागत अनुमान गरिएको उक्त सडक रू २५ करोड ३२ लाखमा कालोपत्र गर्ने सम्झौता छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ६ : १८ बजे

घूस लिएको अभियोगमा प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा

रोकेर राखेको एम्बुलेन्सबाट ४४० किलो गाँजा बरामद

सुनसरी– सुनसरी प्रहरीले रोकेर राखेको अवस्थामा रहेको एउटा एम्बुलेन्सबाट ठूलो

चाहिएजति नर्सहरू तयार गर्न सरकारले ठोस योजना ल्याउनुपर्छ : अध्यक्ष शर्मा

काठमाडौं- नेपाल नर्सिङ संघकी अध्यक्ष चन्द्रकला शर्माले नेपालको नर्सिङ क्षेत्र

कानुन, सुशासन र प्रशासनिक सुधारमा उल्लेख्य प्रयास भएको छ : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अर्थ मन्त्रालयमार्फत ३० दिनमा भएका

बेलौरीमा ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सुरू

कञ्चनपुर- सशस्त्र प्रहरी बल, नेपाल नं. ३५ गण मुख्यालय शैलेश्वरी