५० औँ वार्षिकोत्सवमा रुस्लानले गल्फ प्रतियोगिता आयोजना गर्ने « Khabarhub

५० औँ वार्षिकोत्सवमा रुस्लानले गल्फ प्रतियोगिता आयोजना गर्ने


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालकै सर्वोकृष्ट भोड्का, रुस्लानले भोड्का उत्पादनको आफ्नो ५० औ वर्ष पार गरेको छ । सन् १९७३ मा स्थापना भएको रुस्लानले स्थापनाकालदेखि नै उत्कृष्ट गुणस्तर कायम गर्न सफल रहँदै आएको छ । यसै अवसरमा रुस्लानले रोयल नेपाल गल्फ क्लबसँगको सहकार्यमा गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नेपालमै गल्फको सुरुवातकर्ता रोयल नेपाल गल्फ क्लबले पनि आफ्नो सञ्चालनको १०७ औं वर्ष मनाउँदै छ । यसै अवसरमा रुस्लान र रोयल नेपाल गल्फ क्लब दुवैै मिलेर “रुस्लान ५० औं वार्षिकोत्सव गल्फ प्रतियोगिता” आयोजन गर्न लागेका हुन् ।

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका निर्देशक श्रीहर राणाले भने, “रुस्लानको पाँच दशक यात्रा र रोयल नेपाल गल्फ क्लबको १०७ औं वर्षको यात्रालाई प्रतिबिम्बित गर्दै यस गल्फ प्रतियोगिता गर्न पाउँदा हामी गौरवान्वित छौैँ । उत्कृष्टताको साथै यस ब्राण्डप्रति रहेको विश्वासलाई सदा कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’’

रुस्लान गल्फ प्रतियोगिता यही कार्तिक १७ र १८ गते रोयल नेपाल गल्फ क्लबमा आयोजना हुन गइरहेको छ । प्रतियोगितामा १३० जना रोयल नेपाल गल्फ क्लबका सदस्यहरूबीच प्रतिस्पर्धा हुनेछ । रुस्लान र रोयल नेपाल गल्फ क्लब दुवैले एकअर्कालाई प्रवर्द्धन गर्न र उत्सवको रुपमा मनाउनका लागि यस प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ६ : २० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया