५० औँ वार्षिकोत्सवमा रुस्लानले गल्फ प्रतियोगिता आयोजना गर्ने | Khabarhub Khabarhub

५० औँ वार्षिकोत्सवमा रुस्लानले गल्फ प्रतियोगिता आयोजना गर्ने


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालकै सर्वोकृष्ट भोड्का, रुस्लानले भोड्का उत्पादनको आफ्नो ५० औ वर्ष पार गरेको छ । सन् १९७३ मा स्थापना भएको रुस्लानले स्थापनाकालदेखि नै उत्कृष्ट गुणस्तर कायम गर्न सफल रहँदै आएको छ । यसै अवसरमा रुस्लानले रोयल नेपाल गल्फ क्लबसँगको सहकार्यमा गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नेपालमै गल्फको सुरुवातकर्ता रोयल नेपाल गल्फ क्लबले पनि आफ्नो सञ्चालनको १०७ औं वर्ष मनाउँदै छ । यसै अवसरमा रुस्लान र रोयल नेपाल गल्फ क्लब दुवैै मिलेर “रुस्लान ५० औं वार्षिकोत्सव गल्फ प्रतियोगिता” आयोजन गर्न लागेका हुन् ।

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका निर्देशक श्रीहर राणाले भने, “रुस्लानको पाँच दशक यात्रा र रोयल नेपाल गल्फ क्लबको १०७ औं वर्षको यात्रालाई प्रतिबिम्बित गर्दै यस गल्फ प्रतियोगिता गर्न पाउँदा हामी गौरवान्वित छौैँ । उत्कृष्टताको साथै यस ब्राण्डप्रति रहेको विश्वासलाई सदा कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’’

रुस्लान गल्फ प्रतियोगिता यही कार्तिक १७ र १८ गते रोयल नेपाल गल्फ क्लबमा आयोजना हुन गइरहेको छ । प्रतियोगितामा १३० जना रोयल नेपाल गल्फ क्लबका सदस्यहरूबीच प्रतिस्पर्धा हुनेछ । रुस्लान र रोयल नेपाल गल्फ क्लब दुवैले एकअर्कालाई प्रवर्द्धन गर्न र उत्सवको रुपमा मनाउनका लागि यस प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ६ : २० बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको