चुरे संरक्षण मधेस प्रदेशका लागि महत्वपूर्ण : खानेपानीमन्त्री यादव « Khabarhub

चुरे संरक्षण मधेस प्रदेशका लागि महत्वपूर्ण : खानेपानीमन्त्री यादव


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सर्लाही- खानेपानीमन्त्री महेन्द्रराय यादवले चुरे संरक्षण मधेस प्रदेशका लागि महत्वपूर्ण रहेको बताएका छन् । उनले मधेस प्रदेशमा पिउने पानीका साथै सिँचाइ दिनप्रतिदिन अभाव हुनुको प्रमुख कारण नै चुरे विनाश भएकाले चुरेको संरक्षण गर्नु आवश्यक रहेको बताए ।

सर्लाहीको लालबन्दी नगरपालिका–१६ मा लालबन्दी नगरपालिका, जापान सरकार र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम नेपालको आर्थिक प्राविधिक सहयोगमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत निर्मित सौर्य पम्पिङ प्रणाली र आधुनिक कृषि प्रविधिको तीनघरे एकीकृत ग्रामीण विकास खानेपानी आयोजनाको उद्घाटन गर्न उनी सर्लाही पुगेका हुन् ।

मन्त्री यादवले नेपाल सरकार डोकोमा पानी बोक्ने अवस्थाको अन्त्य गर्न लागि परेको बताए । उनले खानेपानी तथा सरसफाई ऐन २०७९ पारित गरेर सबै नेपाली जनतालाई शुद्ध पिउने पानी वितरण गर्ने लक्ष्य राखेको बताउँदै एक घर एक धारा पुर्‍याउने काम चाँडै सुरु गर्ने बताए ।

उनले अलपत्र परेका सबै योजनालाई पहिलो प्राथमिकता दिने बताए । लालबन्दी नगरपालिका–१६ मा लालबन्दी नगरपालिका,जापान सरकार र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम नेपालको रु एक करोड ५९ लाख ७३ हजार पाँच सय ३७ रुपैयाँ १२ पैसामा दुई लाख २५ हजार लिटर क्षमताको खानेपानी आयोजना निर्माण भई आज उद्घाटन गरिएको लालबन्दी नगरपालिका–१६ का वडाध्यक्ष गणेश थापाले जानकारी दिए ।

उनका अनुसार करिब तीन सय घरधुरीले शुद्ध पिउने पानी पाउने छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ६ : ४८ बजे

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो