विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

आज कार्तिक १७,२०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर ३, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

अस्ट्रेलियन प्रधानमन्त्री अल्बानिज चीन भ्रमणमा

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज ऐतिहासिक भ्रमणका लागि चीन जाने भएका छन् । यो भ्रमण ठूलो व्यापारिक र रणनीतिक प्रतिद्वन्द्वी चीनसँग चिसो सम्बन्ध पग्लिएको सङ्केत हो । उनको बेइजिङ र साङ्घाईको चार दिने भ्रमण सात वर्षमा कुनै पनि अस्ट्रेलियाली नेताको पहिलो भ्रमण हो ।

अर्बौँ डलरको व्यापारिक नोक्सान हुनेगरी कूटनीतिक कूटनीतिक विघटन भएपछि दुई मुलुकबीचको सम्बन्ध सदृढ स्थितिमा रहेको छ भन्ने रूपमा यो भ्रमणलाई हेरिएको छ । गत वर्षको मे महिनाको निर्वाचनपछि अल्बानिज सरकारले प्रशान्त क्षेत्रमा बेइजिङको बढ्दो प्रभावको सामना गर्दै आफ्नो मुलुकको सबैभन्दा ठूलो व्यापारिक साझेदारसँग मित्रतापूर्ण सम्बन्ध बनाउने प्रयासमा चीनसँग दोहोरो रणनीति अपनाएको छ ।

अघिल्लो सरकारले फाइभ जी प्रविधिको हुआवेईमाथि प्रतिबन्ध लगाउने र कोभिड–१९ को उत्पत्तिको अनुसन्धान गर्ने आह्वान गरेपछि आक्रोशित चीनले सन् २०२० मा अस्ट्रेलियाली सामानहरूमा दण्डात्मक भन्सार शुल्क लगाएको थियो । तर अस्ट्रेलियाको नयाँ सरकारअन्तर्गत स्वरमा परिवर्तनसँगै तीमध्ये अधिकांश अवरोधहरू हटाइयो ।

“चीन–अस्ट्रेलिया सम्बन्ध अब स्थापना हुने र पुनः सुरु हुने महत्वपूर्ण मोडमा छ”, अस्ट्रेलियामा चीनका राजदूत जिओ कियानले प्रधानमन्त्री अल्बानिजको भ्रमणअघि एक लेखमा भने । उनले ‘दुवै पक्षको अथक प्रयास’ बाट चिनियाँ बजारमा अस्ट्रेलियाली कोइला, काठ र जौको निर्यात पुनः सुरु भएकामा सराहना व्यक्त गरे ।

चीनले पाँच महिनाको समीक्षापछि वाइनमाथि लगाइएको भन्सार शुल्क दरलाई पनि हटाउने सङ्केत दिएको छ । चीनले अहिले पनि आयातमाथि रोक लगाइएका केही उत्पादनमा वाइन पनि एक थियो । चीनसँग सहज कूटनीतिक र व्यापारिक सम्बन्ध सुरु भए पनि दुवै मुलुक रणनीतिकरूपमा एकजुट नभएको प्रधानमन्त्री अल्बानिजले स्पष्ट गरेका थिए ।

गत महिना वासिङ्टन भ्रमणका क्रममा उनले भने, “यो विषयमा मेरो स्पष्ट भनाइ छ, हामी भिन्न इतिहास, मूल्य र राजनीतिक प्रणाली भएका दुई मुलुक हौँ ।” चीनले स्वयंलाई ‘यथास्थिति’ को पक्षमा एक शक्तिका रूपमा नहेरेको भन्दै उनले भने, “ऊ आफ्नो रुचिको मूल्यहरूप्रति अधिक अनुकूल हुने क्षेत्र चाहन्छ ।”

अन्तर्राष्ट्रिय नियममा आधारित व्यवस्थाबाट लाभान्वित हुने प्रत्येक मुलुकको जिम्मेबारी भनेको उसले यसको रक्षाका लागि मिलेर काम गर्नुपर्छ भन्दै प्रधानमन्त्री अल्बानिजले प्रत्येक मुलुकलाई आफ्नो भाग्य चयन गर्ने अधिकारको रक्षा गर्न र मानवअधिकारलाई कायम राख्न आह्वान गरे ।

जर्मनीद्वारा हमासमाथि प्रतिबन्धको घोषणा

जर्मनीले हमासका गतिविधिमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । जर्मनीले इजरायलविरोधी गतिविधि गर्ने तथा यहुदीविरोधी विचारहरु फैलाउने एउटा प्यालेस्टाइन समर्थक समूहलाई विघटन गर्न आदेश दिएको पनि अल जजीराले बताएको छ । जर्मनीका गृहमन्त्री न्यान्सी फेसरले बिहीबार हमास वा उसको समर्थनमा हुने गतिविधिमाथि औपचारिकरूपमा प्रतिबन्ध लगाइएको बताइन् । हमासलाई जर्मनीले ‘आतङ्कवादी’ सङ्गठन मानेको छ ।

उनले भनिन्, “इजरायललाई नष्ट गर्ने उद्देश्य राखेको आतङ्कवादी सङ्गठन हमासका गतिविधिमाथि मैले आज पूर्ण रूपमा प्रतिबन्ध लगाएको छु ।” जर्मनीको उक्त निर्णयप्रति प्रतिक्रिया दिँदै लेबनानमा हमासका एक अधिकारीले उक्त कदमबाट जर्मनी प्यालेस्टाइनी नागरिकविरुद्धको अपराधमा इजरायलसँग साझेदारीमा रहेको थाहा भएको बताएको अल जजीराले उल्लेख गरेको छ ।

लेबनानमा हमासका प्रतिनिधि ओसामा हमदानले भने, “जर्मन राजनीतिक मानसिकता एउटा नरसंहार मानसिकता हो जसले सबै मानिसलाई प्रभावित गर्दछ र एउटा पार्टी वा अन्य कुनैसम्म सीमित छैन भन्नेबारेमा प्रश्न गर्न यसले हामीलाई ठाउँ दिएको छ ।”

यसबाहेक मन्त्री फेसरले हमाससहितका समूहरूको ‘समर्थन र महिमा गर्ने’ समिडोन नेटवर्कको जर्मन शाखामाथि प्रतिबन्ध लगाएर त्यसलाई भङ्ग गर्ने जानकारी दिइन् । हमासले अक्टोबर ७ मा इजरायलमाथि गरेको हमलाको समर्थनमा समिडोनले बर्लिनको एक सडकमा पेस्ट्री बाँडेर खुसियाली मनाएको थियो ।

मन्त्री फेसरले भनिन, “इजरायलविरुद्ध हमासको भीषण आतङ्कवादी हमलाको जवाफमा जर्मनीमा स्वतःस्फूर्त ‘खुसी समारोह’ आयोजना गरेर समिडोनले विशेषगरेर घृणित तरिकाले यहुदी विरोधी र अमानवीय विश्व दृष्टिकोण प्रदर्शन गरेको छ ।”

न्युजिल्यान्डका प्रधानमन्त्रीले तीन-दलीय गठबन्धन सरकार बनाउने

शुक्रबार अन्तिम चुनावी परिणाममा पूर्ण बहुमत हासिल गर्न असफल भएपछि न्युजिल्यान्डमा नयाँ प्रधानमन्त्री क्रिस्टोफर लक्सनले तीन–दलीय गठबन्धन सरकार बनाउने बताएका छन् ।

लक्सनको नेसनल पार्टीले गत महिना भएको निर्वाचनमा कूल एक सय २३ सिटमा ४८ सिट हासिल गरेपछि उनलाई सरकार बनाउन अन्य पार्टीको समर्थन आवश्यक परेको छ । एयरलाइन्सका पूर्वकार्यकारी ५३ वर्षीय लक्सनले उदारवादी एसिटी र लोकप्रिय न्युजिल्यान्ड फर्स्ट पार्टीसँग सरकार गठनका लागि शनिबार र आइतबार वार्ता हुने जानकारी दिए ।

‘अन्तिम स्पष्टता हुनु राम्रो हो, अब हामी तीव्रता प्राप्त गर्न सक्छौँ’, गठबन्धन सम्झौतामा समय सीमा तोक्न अस्वीकार गर्दै वेलिङ्टनस्थित संसद्मा पत्रकारहरूसँग लक्सनले भने, ‘हामी दुवै पार्टीसँग रचनात्मकरूपमा काम गर्नेछौँ, हामी एकसाथ आउनेछौँ र एउटा बलियो र स्थिर सरकार बनाउनेछौँ ।’

नोभेम्बरमा सान फ्रासिस्कोमा एसिया–प्रशान्त क्षेत्रका प्रमुख नेताहरूको शिखर सम्मेलन सुरु हुनुअघि न्युजिल्यान्डमा सरकार बन्न सक्छ वा सक्दैन भन्ने स्पष्ट छैन । सरकार गठन गरेको पहिलो एक सय दिनमा नेसनल पार्टीले स्कुलमा सेलफोनमाथि प्रतिबन्ध, अपराध नियन्त्रण र योजनाबद्ध इन्धनमा कर वृद्धि खारेजजस्ता परिवर्तन गर्ने वाचा गरेको छ ।

न्युजिल्यान्डका मतदाताहरूले अक्टोबर १४ मा भएको निर्वाचनमा मध्य–वामपन्थी लेबर सरकारको छ वर्षको शासनलाई अन्त्य गरेका छन् । जनवरीमा जसिन्डा अर्डर्नको स्थानमा प्रधानमन्त्री बनेका क्रिस हिपकिन्सले मतदान सकिएको केही घन्टापछि पराजय स्वीकार गरेका छन् ।

हिजबुल्ला र इजरायलका बीचमा गोलाबारी

हिजबुल्लाह र इजरायलका बिचमा गोलाबारी भएको छ । शुक्रबार नसरल्लाहको भाषण अघि एक अर्का विरुद्ध हिजबुल्लाह र इजरायलका बिचमा एक अर्का विरुद्धमा गोलीबारी भएको हो ।

लेबनानको हिजबुल्लाह र इजरायलले शुक्रबार शिया समूहका नेता हसन नसरल्लाहको अपेक्षित सम्बोधन अघि विगत केही घण्टामा गोलीबारी गरेको थियो । इजरायल–हमास युद्ध अक्टोबर ७ मा सुरु भए देखिको यो पछिल्लो गोलाबारी हो।

एक विज्ञप्तिमार्फत इजरायली सेनाले बिहीबार लेबनानमा हिजबुल्लाह आतंकवादी लक्ष्यहरूको एक श्रृंखलामाथी प्रहार गरेको जनाएको छ । हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेदेखि इजरायल र हिजबुल्लाहले इजरायल–लेबनानी सीमामा घातक गोलीबारी आदानप्रदान गर्दै आएका छन्।

पछिल्लो टकरावलाई सन् २००६ को युद्धपछिको सीमामा भएको सबैभन्दा घातक वृद्धि मानिन्छ ।

दिल्लीको हावामा धुलो र धुवाँ मात्रै, दुई दिनसम्म विद्यालय बन्द

भारतको राजधानी दिल्लीको हावा लगातार खराब हुँदै गइरहेको छ । दिल्लीका धेरै क्षेत्रमा एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ४२२ पुगेको छ। जनता विषाक्त हावामा सास फेर्न बाध्य छन् ।

अवस्था यस्तो छ कि अहिले डाक्टरहरूले पनि प्रदूषणबाट बच्न सल्लाह दिन थालेका छन् । विशेषगरी बालबालिका, वृद्धवृद्धा र बिरामीहरूलाई बढी सजग रहन अपिल गरिएको छ ।

विगत केही दिनदेखि दिल्लीको एयर क्वालिटी इन्डेक्स लगातार खराब श्रेणीमा रेकर्ड भइरहेको थियो तर अहिले स्थिति थप खराब भएको छ। जताततै धुवाँ छ । बिहीबार राजधानीका धेरै क्षेत्रमा वायु गुणस्तर सूचक (एक्यूआई) ४ सयको स्तर नाघेर गम्भीर श्रेणीमा पुगेको छ ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार एक्यूआई ४ बजे ३९२ मा रेकर्ड गरिएको थियो भने यो संख्या एक घण्टा पछि गम्भीर श्रेणीमा आयो, त्यसपछि यो संख्या १० बजे सम्म ४२२ मा पुग्यो ।

जसका कारण केन्द्र सरकारको प्रदूषण नियन्त्रण योजनाको तेस्रो चरणअन्तर्गत दिल्लीमा हल्का कमर्सियल गाडी र डिजेलबाट चल्ने ट्रकको प्रवेशमा प्रतिबन्ध लगाइएको थियो। यससँगै दिल्लीका सबै निजी र सरकारी विद्यालयहरू आज र भोलि बन्द रहने भएका छन्। यससँगै निर्माणको काममा पनि रोक लगाइएको छ ।

हमास-इजरायल युद्ध, भारतीय मूलका इजरायली सैनिकको मृत्यु

प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायलको बिचमा जारी युद्ध अझै रोकिने छाँटकाँट देखिएको छैन् । यसैबीच, भारतमा इजरायलका महावाणिज्यदूत कोबी शोशानीले गाजा पट्टीमा भारतीय मूलका एक सैनिकको मृत्यु भएको जानकारी दिएका छन् ।

कोबी शोशानीले मृतक बालक इजरायली सेनामा सिपाहीका रूपमा कार्यरत रहेको र गाजा स्ट्रिपमा हमास लडाकुहरूसँग लड्दा ज्यान गएको बताएका हुन् ।

बिहीबार मुम्बईका राजदूत कोबी शोशानीले भारतीय मूलका ती बालक २० वर्षका थिए र उनको नाम हेलेल सोलोमन रहेको छ । उनीहरूसँगै १७ इजरायली सैनिक पनि मारिएका छन् ।

हेलेल सोलोमन इजरायली सेनामा स्टाफ सार्जेन्टको रूपमा कार्यरत थिइन्। उनी इजरायलको डिमोना सहरका बासिन्दा थिए। उनको मृत्युको कारण यो थियो कि उनी गाजा शहर भित्र लड्न पुगेका थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ८ : ०९ बजे

पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने बहानामा ठगी गरेको

शौर्य सिमेन्ट उद्योगद्वारा क्लिङ्कर भारत तर्फ निर्यात

काठमाडौं – शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्कर उत्पादनलाई छिमेकी

‘मिसन–८४’ का लागि सुझाव सङ्कलन गर्दैछौं : ओली

कर्णाली – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘मिसन–८४’ का

आलु खेती विस्तार गर्न तीन करोडको आयोजना सञ्चालन

बेनी – म्याग्दीमा आलु खेतीको विस्तार र प्रवद्धनका लागि रु

अनलाइनमार्फत् यौन व्यवसाय सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– अनलाइनमार्फत् यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका मुख्य दुई नाइकेलाई