बाघको आक्रमणबाट एक महिलाको मृत्यु « Khabarhub

बाघको आक्रमणबाट एक महिलाको मृत्यु


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

बर्दिया –बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका‐५, शक्तिपुर गाउँकी २८ वर्षीया सृजना डाँगी रहेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

चिरौटे सामुदायिक वनमा नजिकै बाख्रा चराउने क्रममा आज बाघको आक्रमणमा परी महिलाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले बताए ।

डाँगीको शव घटनास्थल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । शव परीक्षणका लागि बर्दिया अस्पताल लगिएको छ । यस सामुदायिक वन बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरीनियाघाट वन्यजन्तु आरक्षको बीचमा रहेको खाता जैविक मार्गअन्तर्गत पर्दछ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ९ : ०४ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको