पेन्टागन भन्छ- चीनले तीव्र गतिमा आणविक हतियारको विकास गर्दैछ « Khabarhub

पेन्टागन भन्छ- चीनले तीव्र गतिमा आणविक हतियारको विकास गर्दैछ


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वाशिंटन- चीनले यसअघि अपेक्षा गरिएकोभन्दा तीव्र गतिमा आणविक हतियारको विकास गरिरहेको पाइएको छ । अमेरिकी रक्षा प्रशासन पेन्टागनले जारी गरेको प्रतिवेदनमा चीनले अपेक्षाभन्दा तीव्र गतिमा आणविक हतियारको विस्तार गरिरहेको उल्लेख छ ।

पेन्टागनको प्रतिवेदनमा चीनले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रणलीको पनि विकास गरिरहेको जनाइएको छ ।

पेन्टागनको प्रतिवेदनलाई उद्धृत गर्दै बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले जनाएअनुसार चीनले विकास गरिरहेको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रले मुख्यभूमि अमेरिका, हवाई र अलास्का राज्यहरुमा पनि मार हान्ने क्षमता राख्छ ।

युक्रेनमा जारी युद्धबाट ‘पाठ सिक्दै’ ताइवानमा हुनसक्ने द्वन्द्वलाई मध्यनजर गरी चीनले आफ्नो हतियार भण्डारण विस्तार गरिरहेको गार्जियनले उल्लेख गरेको छ ।

यसबाट हिन्द प्रशान्त क्षेत्रमा दीर्घकालीन अमेरिकी सुरक्षा चासोमा गम्भीर जोखिम पैदा हुनसक्ने पेन्टागनको प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनमा चीनले सन् २०३० सम्म १ हजार आणविक हतियार तैनाथ गर्नसक्ने जनाइएको छ ।

यसअघि गत वर्ष सन् २०२२ मा पेन्टागनले सार्वजनिक गरेको यस्तै प्रतिवेदनमा सन् २०३५ सम्म चीनले १५ सय आणविक हतियार तैनाथ गरिसक्ने जनाइएको थियो । हाल अमेरिकासँग ३ हजार ७ सय ५० सक्रिय आणविक हतियार रहेको बताइन्छ ।

 

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  १२ : ०६ बजे

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर