रुपान्तरण अभियानले पार्टीलाई गतिशील तुल्याउँछ : महासचिव गुरुङ « Khabarhub

रुपान्तरण अभियानले पार्टीलाई गतिशील तुल्याउँछ : महासचिव गुरुङ


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कास्की – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले पार्टीले सञ्चालन गरिरहेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानले पार्टीलाई गतिशील तुल्याउने विश्वास व्यक्त गरेका छन् ।

पार्टीको गण्डकी प्रदेश कार्यालयको विस्तारित बैठकलाई आज पोखरामा सम्बोधन गर्दै महासचिव गुरुङले तीन महिनाको अभियान प्रभावकारी भएको र सङ्गठन विस्तारमा समेत सहयोगी भएको बताए । उनले पार्टी गत भदौ १६ गतेदेखि सुरु भएको अभियान पदाधिकारी बैठकले एक महिना थप गरी पुस १५ गतेसम्म पुर्‍याएको जानकारी दिए।

महासचिव गुरुङले भने, “अभियानले पार्टीलाई गतिशिल बनाएको छ । पार्टीका सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अभियानमा जोडिनुभएको छ । यसले पार्टीभित्र र बाहिरसमेत सकारात्मक सन्देश प्रवाह भएको छ ।” उनले पार्टीको नेतृत्वमा रहेको सरकारले धेरै जनपक्षीय कामहरू गरिरहेकाले सरकारले गरेका राम्रा कामलाई जनतामा प्रचार गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।

पार्टीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले गणतन्त्र, सङ्घीयता र अहिलेको प्रणालीको रक्षा गर्न माओवादी केन्द्र शक्तिशाली बन्नुपर्नेमा जोड दिए। देशमा प्राप्त उपलब्धीहरूको रक्षा गर्नु अहिलेको आवश्यकता रहेकाले पछिल्लो समय देखिएका व्यवस्था विरोधी गतिविधिविरुद्ध अभियानका क्रममा जनतालाई समेत प्रशिक्षित गर्न उनले आग्रह गरे।

बैठकमा पार्टीका गण्डकी प्रदेश समितिका अध्यक्ष गायत्री गुरुङले प्रदेशका सात सय ५९ वटै वडामा सञ्चालन भइरहेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियानको बारेमा जानकारी गराएका थिए।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ९ : २२ बजे

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण