पाकिस्तानद्वारा कराँची बन्दरगाहमा अफगानिस्तानका हजारौँ व्यवसायिक कन्टेनरमाथि कडाई « Khabarhub

पाकिस्तानद्वारा कराँची बन्दरगाहमा अफगानिस्तानका हजारौँ व्यवसायिक कन्टेनरमाथि कडाई


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कराँची- द्विपक्षीय सम्बन्धमा तनाव बढ्दै जाँदा पाकिस्तानले अफगानिस्तानका लागि आएका हजारौँ व्यवसायिक कन्टेनरमाथि कडाई गर्न थालेको छ । अफगानिस्तानका व्यवसायीले मगाएका हजारौँ कन्टेनरलाई पाकिस्तानले कराँची बन्दरगाहमा कडाई गर्न थालेको हो ।

अफगानिस्तानको खामा प्रेसले जनाएअनुसार अफगानिस्तानका व्यवसायीले मगाएका ८ हजार ७ सयभन्दा धेरै कन्टेनरमाथि पाकिस्तानले कडाई गर्न थालेको हो ।

समाचारमा जनाइएअनुसार पाकिस्तानले कराँची बन्दरगाहमा अफगानिस्तानका कन्टेनरमाथि २ सय अमेरिकी डलरको जरिवाना तोकेको छ । यसबाट अफगानिस्तानका व्यवसायीहरुले नोक्सान व्यहोर्नुपरेको खामा प्रेसले जनाएको छ ।

‘यदी कन्टेनरलाई अफगानिस्तान जान दिइएन भने समस्याको समाधान गर्न हामीले संयुक्त राष्ट्रसंघ वा युरोपेली युनियनसँग गुहार माग्नुबाहेक अर्को विकल्प छैन ।’ चीनमा रहेको अफगान व्यवसायी संघका अध्यक्ष खान आगा गुल्जादले भने ।

यता अफगान व्यवसायीहरुले भने सरकार चलाइरहेको तालिबान प्रशासनसमक्ष कूटनीतिक माध्यमबाट समस्याको समाधान गरिदिन आह्वान गरेका छन् ।

त्यस्तै, अफगानिस्तान–पाकिस्तान संयुक्त चेम्बर अफ कमर्सले व्यवसायिक सामानको पारवहनमा कायम गरिएको अवरोधप्रति चिन्ता व्यक्त गर्दै समाधान गर्न माग गरेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ४ : २० बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको