चिसोमा किन बढ्छ दम, कसरी जोगिने ? | Khabarhub Khabarhub

चिसोमा किन बढ्छ दम, कसरी जोगिने ?


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

अहिले जाडो मौसम चलिरहेको छ। यो मौसममा श्वासप्रश्वास सम्बन्धी रोगहरु बढी लाग्ने गर्दछ। जसमध्येकै एक दम हो। दम मौसम परिवर्तन, वातावरणीय प्रदूषण, धुवाँ-धुलो, चिसो, विभिन्न एलर्जीका कारण जुनसुकै उमेर समूहका मानिसलाई हुनसक्छ। श्वासप्रश्वासमा कठिनाई हुने, खोकी लाग्ने, खकार्ने, छाती घ्यारघ्यार गर्ने, आदि यसका लक्षण हुन्। त्यसैले दमका बिरामीलाई चिसोबाट जोगाउनु आवश्यक छ। तर झ्यालढोका बन्द गरेर हिटर, आगो तापेर बस्दा दम मात्र नभएर विभिन्न खालका रोग पनि लाग्ने हुँदा खुला वा ताजा हावा पास हुने गरेर बस्नुपर्ने विज्ञको सुझाव छ। दम के हो ? यसबाट बच्न के गर्नुपर्छ ? चिसोमा दमबाट कसरी जोगिने ? यसको घरेलु उपचार के हुन्छ ? यी र यस्तै विषयमा केन्द्रित भएर श्वासप्रश्वास रोग विशेषज्ञ डा. रवि महतसँग खबरहबका लागि पवन मुडभरीले गरेको कुराकानीको सम्पादित अंशः

दम के हो ?
कुनै पनि छातीको समस्याले गर्दा श्वासप्रश्वासमा आउने कठिनाइलाई दम भनिन्छ। मेडिकल भाषामा भन्नुपर्दा एउटा सीओपीडी र अर्को आस्थामा गरेर दुई थरीको समस्यालाई दम भनिन्छ। सीओपीडी दम दीर्घ रोग बनेर आउँछ भने आस्थामा दम एलर्जी र अन्य कारणले हुन्छ। दम विश्वव्यापी समस्या हो। चिसो बढ्दै जाँदा दमको समस्यासमेत बढ्दै जाने गरेको देखिन्छ।

सीओपीडी दम दीर्घ रोग बनेर आउँछ भने आस्थामा दम एलर्जी र अन्य कारणले हुन्छ। दम विश्वव्यापी समस्या हो।

कुन उमेर समूहलाई दमले बढी सताउँछ ?
सिओपीडी ४० नाघिसकेका व्यक्तिमा बढी देखिने गर्छ। शारीरिक रुपमा कमजोर रहेका कम उमेरकै व्यक्तिमा पनि आस्थामा दम बढी हुन्छ। तर दमको समस्या सानादेखि ठुलासम्म सबैमा देखिन सक्छ।

निमोनियाँ र दम एउटै हो ?
निमोनियाँ भनेको कुनै पनि बाहिरी संक्रमणबाट फोक्सो सुनियो भने हुन्छ। त्यो संक्रमण हो। केही समयको लागि हुन्छ। छोटो समयमै निमोनियाँ ठिक भएर जान्छ। बच्चामा लाग्ने दम पछि ठिक भएर जान्छ। त्यसबाहेक दम भनेको दीर्घकालीन समस्या हो। लामो समयसम्म रहिरहन्छ।

निमोनियाँ भएका बालबालिकालाई पछि गएर दम हुने सम्भावना हुन्छ ?
भाइरल इन्फेक्सनबाट निमिोनियाँ भयो भने पछि गएर दम लाग्ने सम्भावना पनि हुनसक्छ। प्रायजसो निमोनिया संक्रमण भएको हुनाले त्यो केही समयको लागि रहन्छ। संक्रमण निको भएपछि श्वासप्रश्वासको कठिनाइ पनि ठिक भएर जान्छ। तर निमोनियाका कारण फोक्सोमा धेरै क्षति पुगेको छ भने लामो समयसम्म श्वासप्रश्वासमा कठिनाई आउँछ। त्यो चाहिँ थोरै बालिबालिकामा हुने गर्दछ।

दमका लक्षण के हुन् ?
श्वासप्रश्वासमा कठिनाई हुने, खोकी लाग्ने, खकार्ने, छाती घ्यारघ्यार गर्ने, आदि यसका लक्षण हुन्। कहिलेकाहीँ धेरै गाह्रो हुँदा छाती दुःखेको महसुससमेत हुन्छ।

घरेलु उपचार विधि केही छन् कि ?
उपचार भन्दा पनि सर्वप्रथम त रोग लाग्न नदिनु नै राम्रो हो। धुवाँ–धुलो जस्ता वायु प्रदूषणबाट जोगिने, केही कुराको एलर्जी छ भने त्यसबाट जोगिनुपर्छ। धुम्रपानबाट टाढा बस्नु सबैभन्दा राम्रो हुन्छ। यी सबै कुराहरुबाट जोगिँदा पनि समस्या आयो भने चिकित्सकसँग परामर्श गरेर उपचार गर्न सकिन्छ।

सास फेर्न धेरै कठिन भयो भने त्यसलाई सहज बनाउन इन्जेक्सनबाट औषधि दियो भने छिटो काम गर्छ। प्रभावकारी हुन्छ भनेर नै खोप लगाउने हो।

अहिले थुप्रै भ्याक्सिन र खोपहरु लगाउने गरिन्छ त्यसले कत्तिको काम गर्छ ?
भ्याक्सिन लगाएर रोगै लाग्दैन भन्ने होइन। खोपले केही हदसम्म जोगाउने हो। सास फेर्न धेरै कठिन भयो भने त्यसलाई सहज बनाउन इन्जेक्सनबाट औषधि दियो भने छिटो काम गर्छ। प्रभावकारी हुन्छ भनेर नै खोप लगाउने हो।

अहिले चिसो मौसममा आगो हिटर ताप्ने बाक्लो लुगा लगाउने गरिन्छ, यसले असर गर्छ कि गर्दैन ?
चिसो मौसममा धेरै लुगा लगाउँदा इन्फेक्सन हुँदैन भन्ने छैन। यो मौसममा तापक्रमले गर्दा श्वासप्रश्वासकै माध्यमबाट चिसो हावा छातीमा जाने भएर श्वासको नलीमा संकुचन आउँछ र कठिनाई हुन्छ। यो मौसममा पानी नपर्ने हुँदा त्यसै पनि वायु प्रदूषण बढ्छ। त्यसैमाथि झ्यालढोका बन्द गरेर हिटर, आगो ताप्नाले त्यसबाट निस्किने धुवाँले झन असर गर्नसक्छ। कतिपयको त निसासिएर मृत्यु हुनसक्छ। लामो समय धुवाँमा बसेको मान्छेमा दम मात्र नभए विभिन्न खालका रोग पनि लाग्ने गर्दछन्। त्यसैले सुरक्षित हुनु आवश्यक छ।

झ्यालढोका बन्द गरेर हिटर, आगो ताप्नाले त्यसबाट निस्किने धुवाँले झन असर गर्नसक्छ। कतिपयको त निसासिएर मृत्यु हुनसक्छ।

दममा वंशाणुगत असर के छ ?
वंशाणुगत नै हुन्छ भन्ने हुँदैन । परिवारमा बुवा–आमामा आस्थामा दमको समस्या भए त्यो अरुमा देखिन सक्छ । यो एलर्जीको समस्या भएकाले वंशाणुगत रुपमै परिवारमा देखिने खतरा हुन्छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ७ : ०५ बजे

बागमती प्रदेशसभा सचिवालयद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान

हेटौँडा– बागमती प्रदेशसभा सचिवालयले यही वैशाख २१ गते दिउँसो १

शेखरको तर्क : अहिलेको निर्वाचन प्रणाली फेर्न कांग्रेस र एमाले मिल्नु पर्छ

झापा- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सोमबार सम्पन्न तेस्रो

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड बराबर लगानी स्वीकृत

काठमाडौं– तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चार वटा

राजेन्द्र महतोले यसरी गरे राष्ट्रिय मुक्ति क्रान्ति (तस्बिरहरु)

काठमाडौं– राजेन्द्र महतो संयोजकत्वको राष्ट्रिय मुक्ति क्रान्तिले काठमाडौंमा सांस्कृतिक प्रतिरोध

सुहाङ ५ हजार ६६२ मतले अगाडि

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ