स्पेनिस ला लिगा : रियल मड्रिड शीर्षस्थानमा « Khabarhub

स्पेनिस ला लिगा : रियल मड्रिड शीर्षस्थानमा


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा ग्रानाडालाई २–० गोलले हराउँदै रियल शीर्षस्थानमा उक्लिएको हो ।

रियलको जितमा ब्राहिम डियाज र रोड्रिगोले एक–एक गोल गरेका थिए । खेलको २६औँ मिनेटमा डियाजले रियललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको ५७औँ मिनेटमा रोड्रिगोले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

त्यसपछि दुवैतर्फबाट कुनै गोल नहुँदा रियल २–० गोलले विजयी बन्यो । यो जितसँगै रियल १५ खेलबाट ३८ अंकका साथ तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

पराजित भएको ग्रानाडा ७ अंक जोडेर १९औँ स्थानमा छ । यस्तै ३८ अंक भएको गिरोना एफसी गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ८ : ४१ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर