पर्यटकको संख्या बढ्यो, अन्तर्राष्ट्रिय ‘प्रोमोसन’ घट्यो | Khabarhub Khabarhub

पर्यटकको संख्या बढ्यो, अन्तर्राष्ट्रिय ‘प्रोमोसन’ घट्यो



काठमाडौँ – अक्टोबर महिनामा मात्रै नेपालमा हवाईजहाजबाट आउने पर्यटकको संख्या एक लाख १७ हजार पुग्यो। जुन त्यसअघिका महिनाभन्दा धेरै हो। सेप्टेम्बर महिनामा ९१ हजार १७ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए।

नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बर र अक्टुबर महिना पर्यटनको सिजन हो। यस महिनामा अन्य महिनाको तुलनामा धेरै पर्यटक आउँछन्। दुई महिनामा दुई लाख सात हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डका अनुसार पछिल्लो ९ महिनामा नेपालमा सात लाख पर्यटक भित्रिएका छन् । त्यसमध्ये सबैभन्दा धेरै भित्रिने पर्यटक सेप्टेम्बर र अक्टुबरमा छन्। पर्यटनको सिजन भएकाले यी दुई महिनामा धेरै पर्यटक भित्रिएका हुन्। यसमा सडकमार्गबाट आउने भारतीय पर्यटकको गणना हुँदैन।

दुई महिनामा दुई लाख सात हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डका अनुसार पछिल्लो ९ महिनामा नेपालमा सात लाख पर्यटक भित्रिएका छन् ।

कोभिड महामारीपछि आर्थिक मन्दीले आन्तरिक पर्यटक पनि धेरै नहुँदा यी दुई महिनामा आएका विदेशी पर्यटकले नेपालको पर्यटन क्षेत्र चलायमान बनाए। दसैँ र तिहारको समय भएकाले पनि महिनौदेखि ठप्प आन्तरिक पर्यटकले काठमाडौँ उपत्यकाबाहिर चितवन, पोखरा र मुस्ताङ राम्रै चलायमान बन्यो।

कहाँ कहाँ भरिए पर्यटक ?
वर्षको दोस्रो सिजनका रुपमा यसपटक सेप्टेम्बर र अक्टुबर महिनामा काठमाडौँ, चितवन, पोखरा र मुस्ताङमा पर्यटकको संख्या उल्लेख्य रुपमा वृद्धि भयो। आधिकारिक सरकारी तथ्यांक नभए पनि स्थानीय पर्यटन व्यवसायीका अनुसार दसैँअगाडि सुनसान चितवन र पोखराका होटल दसैँ र तिहारपछि खचाखच भरिए।

आर्थिक मन्दी भन्दै व्यवसायी निरास भएका बेला चितवनको सौराहा, भरतपुर र मेघौलीका होटल पर्यटकले भरिएका थिए। जुन सेप्टेम्बरमा सौराहामा पर्यटक ‘शून्य’ जस्तै थिए। पोखराको अवस्था पनि त्यही थियो।

आधिकारिक सरकारी तथ्यांक नभए पनि स्थानीय पर्यटन व्यवसायीका अनुसार दसैँअगाडि सुनसान चितवन र पोखराका होटल दसैँ र तिहारपछि खचाखच भरिए।

‘यसपटक कहिल्यै यस्तो भएको थिएन। सिजनको सुरुवात भइसक्दा पनि सौराहाका सबै होटल खाली छन्’ अन्तर्राष्ट्रिय पर्यटन दिवस सेप्टेम्बर २७ को भोलिपल्ट सौराहा पुगेका गोल्डेन ट्रयाङ्गल बाइक टूरका राइडर्ससँग सौराहाका होटल व्यवसायी गंगा गिरीले भनेका थिए, ‘कोभिड महामारीपछिको आर्थिक मन्दीले गर्दा हामीलाई तहसनहस बनायो।’
सेप्टेम्बर महिनामा सुनसान सौराहा अक्टुबर र नोभेम्बर महिनामा भने भरिभराउ भयो। दसैँ र तिहारको समयमा सौराहाका ८० प्रतिशत होटलका कोठा पर्यटकले भरिएका थिए।

अक्टुबरमा पोखरामा पनि पर्यटकको संख्या केही हदसम्म बढ्यो। पछिल्लो समय लगातार पोखरामा पर्यटन प्रवर्द्धनका कार्यक्रम भइरहँदा पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको हो।

तर यसवर्ष सबैभन्दा धेरै पर्यटक मुस्ताङ पुगेका छन्। अक्टुबर र नोभेम्बर महिनामा मुस्ताङमा धेरैजसो आन्तरिक र केही बाह्य गरेर झण्डै एक लाख पर्यटक पुगेका छन्। कोभिड र आर्थिक मन्दीपछि मुस्ताङको पर्यटनले पुनर्जीवन पाएको छ।

अक्टुबरमा पोखरामा पनि पर्यटकको संख्या केही हदसम्म बढ्यो। पछिल्लो समय लगातार पोखरामा पर्यटन प्रवर्द्धनका कार्यक्रम भइरहँदा पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको हो।

त्यसबाहेक लूम्बिनी, जनकपुरधाम, पाथिभरा, सगरमाथा बेस क्याम्प, अन्नपूर्ण बेस क्याम्प, मार्दी हिमाल, तिलिचो ताल, बन्दीपुर, मानहुँकोट पनि यसपटक पर्यटकको सख्ंया राम्रै बढ्यो।

कर्णालीमा रारा र शे–फोक्सुन्डो तालमा पनि यस वर्ष पर्यटकको चहलपहल बढ्यो। सुदूरपश्चिममा खप्तड र बडिमालिकामा पनि पर्यटक पुगेका छन्। पर्यटन प्रवर्द्धन निकै कम हुने कर्णाली र सुदूरपश्चिममा पछिल्लो समय नेपाली र भारतीय पर्यटक धेरै पुगिरहेका छन्।

अन्तर्राष्ट्रिय ‘प्रोमोसन’ शून्य
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन बोर्डको बजेट पारित गर्न ढिलाई गर्दा यसवर्ष अन्तर्राष्ट्रिय प्रोमोसन ह्वात्तै घटेको छ। साउन महिनामै पारित हुनुपर्ने बजेट असोजमा मात्रै पारित हुँदा यो वर्ष नेपाल पर्यटन बोर्डले कुनै पनि अन्तर्राष्ट्रिय प्रोमोसनका कार्यक्रम तालिका बनाउन सकेको छैन।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन बोर्डको बजेट पारित गर्न ढिलाई गर्दा यसवर्ष अन्तर्राष्ट्रिय प्रोमोसन ह्वात्तै घटेको छ।

जसकारण विश्वको सबैभन्दा ठूलो टूर अपरेटरहरुको मेला मानिने डब्लूटीएममा यो वर्ष पर्यटन बोर्ड जान सकेन। नोभेम्बरमा बेलायतको लण्डनमा भएको ‘वल्र्ड ट्राभल मार्ट’मा बोर्ड नजाँदा अन्य पर्यटन व्यवसायी पनि जान सकेनन्।

त्यस्तै ‘आइटीबी बर्लिन’मा पनि यो वर्ष पर्यटन बोर्ड जान सकेन। आगामी मार्चमा हुने आइटीबी बर्लिनमा पनि बोर्डको सहभागिता नरहेपछि यस वर्ष नेपालको अन्तर्राष्ट्रिय प्रोमोसन लगभग ‘शून्य’ बन्यो।

युरोपमा नेपालको प्रचारप्रसार गर्न ‘डब्लूटीएम’ र ‘आइटीबी बर्लिन’ सबैभन्दा ठूला प्लार्टफर्म हुन्। यस वर्ष दुवै कार्यक्रममा नेपाल जान नसकेपछि आउँदो सिजन कसरी विदेशी पर्यटक आकर्षित गर्ने भन्नेमा व्यवसायी चिन्तित छन्।

साउन महिनामै पारित हुनुपर्ने बजेट असोजमा मात्रै पारित हुँदा यो वर्ष नेपाल पर्यटन बोर्डले कुनै पनि अन्तर्राष्ट्रिय प्रोमोसनका कार्यक्रम तालिका बनाउन सकेको छैन।

‘यसपाली पर्यटन बोर्डको बजेट समयमै पारित नहुँदा डब्लूटीएम, आइटीबी बर्लिन जस्ता ठूला कार्यक्रममा हामी प्रोमोसनमा जान सकेनौँ’ नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईंले भने, ‘पर्यटन मन्त्रालय र बोर्डका कारण यस वर्ष हाम्रो अन्तर्राष्ट्रिय प्रोमोसन शून्य जस्तै छ। अब कसरी नेपालमा पर्यटक ल्याउने ?’

उनका अनुसार युरोप मात्रै होइन, भारत, बंगलादेश, भुटान, थाइल्याण्ड तथा श्रीलंकामा हुने पर्यटन प्रवर्द्धनका कार्यक्रममा पनि नेपालको उपस्थिती कमजोर बन्दै गएको छ। पर्यटन मन्त्रालय र पर्यटन बोर्डका कर्मचारीको समन्वय प्रभावकारी नहुँदा त्यसको असर नेपाली पर्यटन क्षेत्रमा झन्झन् पर्दै गएको उनको गुनासो छ।

युरोप मात्रै होइन, भारत, बंगलादेश, भुटान, थाइल्याण्ड तथा श्रीलंकामा हुने पर्यटन प्रवर्द्धनका कार्यक्रममा पनि नेपालको उपस्थिती कमजोर बन्दै गएको छ।

‘पर्यटन व्यवसायी र पर्यटन क्षेत्रलाई सहयोग गर्न भनेर पर्यटन बोर्डको स्थापना भएको हो। हामीले ल्याएका पर्यटकको टाउको गनेर बोर्ड सञ्चालन हुन्छ,’ केहीदिनअघि भिजिट भरतपुर कार्यक्रमको अन्तरक्रियामा आक्रोशित हुँदै उनले भने, ‘तर बोर्डका कर्मचारीले गर्दा हामीले धेरै दुःख पायौँ। नेपालको अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्न पाएनौँ।’

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका कार्यक्रममा जान नसक्दा नेपाललाई घाटा भएको स्वीकार गर्छन् । यसका लागि पर्यटन व्यवसायी र पर्यटन क्षेत्रका सरोकारवालाले आवाज उठाउनुपर्ने उनको भनाइ छ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका कार्यक्रममा जान नसक्दा नेपाललाई घाटा भएको स्वीकार गर्छन् ।

‘हामीले कोसिस गर्ने हो। गरेका छौँ। तर बोर्डको बजेट समयमै पारित नगरिदिने र काम गर्न सहयोग नगर्ने हो भने घाटा हामीलाई हुन्छ, भइरहेकै छ’ बोर्डका सीईओ डा.रेग्मी भन्छन्, ‘यो चिन्ता हामी सबैको हो। यस वर्ष डब्लूटीएम र आइटीबी बर्लिनमा जान नसक्दा हाम्रो देशमा आउने पर्यटक घट्छन्। घाटा हामीलाई हुन्छ। यसबारेमा पर्यटन व्यवसायी र सरोकारवालाले पनि आवाज उठाउनुपर्छ।’

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ९ : २० बजे

इलाममा अग्रता बढाउँदै सुहाङ, डम्बर ६ हजार ५ सय मतले पछाडि

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित