फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी « Khabarhub

फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

मनिला– फिलिपिन्सको पूर्वी क्षेत्र मिन्डानाओ टापुमा शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समयअनुसार आइतबार बिहान २ बजेर ३७ मिनेटमा ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वे (यूएसजीएस) ले जनाएको छ ।

यूएसजीएसका अनुसार हिनातुआनबाट २१ किलोमिटर उत्तरपूर्वमा ३२ दशमलब ८ किलोमिटर गहिराइमा भूकम्प गएको हो ।

भूकम्पको फिलिपिन्स, इन्डोनेसिया तथा वरपरका मुलुकमा समेत धक्का महसुस गरिएको सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पबाट कुनै मानवीय क्षति नभए पनि टापु आसपास र दक्षिणपश्चिमी जापानी तटहरूमा सुनामी आउन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

समाचार संस्था रोयर्टसका अनुसार ती क्षेत्रहरू खाली गर्न भनिएको छ । एसियाली देशहरूमा फिलिपिन्स भूकम्पको अत्यधिक जोखिम देश मानिन्छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ९ : १६ बजे

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको