फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी | Khabarhub Khabarhub

फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

मनिला– फिलिपिन्सको पूर्वी क्षेत्र मिन्डानाओ टापुमा शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समयअनुसार आइतबार बिहान २ बजेर ३७ मिनेटमा ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वे (यूएसजीएस) ले जनाएको छ ।

यूएसजीएसका अनुसार हिनातुआनबाट २१ किलोमिटर उत्तरपूर्वमा ३२ दशमलब ८ किलोमिटर गहिराइमा भूकम्प गएको हो ।

भूकम्पको फिलिपिन्स, इन्डोनेसिया तथा वरपरका मुलुकमा समेत धक्का महसुस गरिएको सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पबाट कुनै मानवीय क्षति नभए पनि टापु आसपास र दक्षिणपश्चिमी जापानी तटहरूमा सुनामी आउन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

समाचार संस्था रोयर्टसका अनुसार ती क्षेत्रहरू खाली गर्न भनिएको छ । एसियाली देशहरूमा फिलिपिन्स भूकम्पको अत्यधिक जोखिम देश मानिन्छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ९ : १६ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार