प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै | Khabarhub Khabarhub

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईमा भएको विश्व जलवायु शिखर सम्मेलन (कोप२८) मा सहभागी भएर आज स्वदेश फकिँदै छन् ।

प्रधानमन्त्री दाहाल फ्लाइ दुबईको विमानमार्फत आज साँझ ६ बजे काठमाडौँ आइपुग्ने तालिका रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उनी सम्मेलनमा सहभागी हुन यही मंसिर १३ गते यूएई गएका थिए ।

प्रधानमन्त्री दाहालले कोप– २८ सम्मेलनलाई हिजो सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले जलवायु परिवर्तनको असरमा नेपालको शून्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको धारणा राखेका थिए ।

उनले बढ्दो तापमानका कारण हिमताल फुट्ने खतरा रहेकाले नेपालले जलवायु परिवर्तनमा भोगिरहेको समस्याबारे विश्वसमुदायको ध्यानाकर्षण गराएका थिए ।

यस्तै, उनले जलवायु परिवर्तनको संकट सम्बोधन गर्न विकसित मुलुकहरूले कम विकसित मुलुकलाई अनुदान दिनुपर्ने बताएका थिए ।

प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि साँझ साढे ६ बजे कोप सम्मेलनको उपलब्धीबारे पत्रकार सम्मेलन गरी जानकारी गराउने तयारी रहेको छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  १० : ०८ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि