गणतन्त्रमा भ्रष्टाचारीको प्रतिस्पर्धा देखियो | Khabarhub Khabarhub

गणतन्त्रमा भ्रष्टाचारीको प्रतिस्पर्धा देखियो

‘नेपालमा हिन्दु धर्म कायम गर्नुको विकल्प छैन’



२०७२ सालमा दोस्रो संविधान सभाबाट संविधान जारी भइसकेपछिका राजनीतिक घटनाक्रमले जनतालाई सन्तुष्टि दिएको छैन। अहिले त्यही असन्तुष्टि बिचमा परम्परागत राजनीतिक शक्ति र प्रणाली नै विस्थापित गर्नुपर्छ भन्ने ढङ्गबाट एउटा धार सडक र सामाजिक सञ्जाल संघर्षमा छ। अर्को धार संविधान सभाबाट प्राप्त उपलब्धि सुनिश्चित हुनुपर्छ भनेर एकतावद्ध ढङ्गबाट अगाडि बढेको देखिन्छ। परम्परागत शक्ति र परिवर्तनकारी वा अग्रगामी भनिएका शक्तिबिच अहिले चलिराखेको द्वन्द्व कता जाला ? धार्मिक विषयलाई राजनीतिसँग किन जोडियो ? यसले समाजलाई कुन बाटोमा लाँदैछ ? यी र यस्तै विषयमा केन्द्रित भएर राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका उपाध्यक्ष दिलनाथ गिरिसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंहरूलाई गणतन्त्र भित्र किन राजा चाहियो ?
हामीलाई राजा चाहिएको भन्दा पनि राजाको नेतृत्वमा यो मुलुकको निर्माण भयो। त्यसले मुलुकलाई जुन किसिमको पहिचान दिएको थियो आज त्यो हराएको छ। २०६२/६३ सालको आन्दोलन पनि संवैधानिक राजतन्त्र स्वीकार्य छ भन्ने निष्कर्षमा पुगेको हो। राजसंस्थाको अभिभावक को हुने भन्ने विषयमा राजाको छोरा वा छोरी भए पनि त्यसलाई स्वीकार गर्न सकिन्छ भन्ने विषय उठान भएको हो। आन्दोलनले दिएको म्यान्डेट पनि त्यही थियो।

त्यसपछि जुन प्रकारको परिस्थिति निर्माण भयो त्यसमा यो आन्दोलनसँग कुनै सरोकार छैन। विदेशीको निर्देशनमा गणतन्त्रमा जाने निर्णय गरियो। नेपाली जनता त्यसमा सहभागी हुन पाएनन्। गणतन्त्रात्मक प्रणालीले मुलुकलाई सर्वोत्कृष्ट व्यवस्था हामी दिन्छौँ, सुविधा दिन्छौँ, मुलुकलाई सिगांपुरको स्तरमा पुर्याउछौँ भनेर राजनीतिक दलका नेताले जनतालाई भ्रम मात्र छरिदिए।

राजा भन्दा पनि निरंकुश रूपमा गणतन्त्रात्मक प्रणाली प्रयोग भयो। गणतन्त्र एउटा लुटतन्त्रको रूपमा विकास भइराखेको छ। युवाहरू यो देशमा बस्नै नसक्ने वातावरण बन्यो।

त्यो बेला नेताहरुले स्वीट्जरल्यण्डमा नेपालका राजाहरूको धेरै सम्पत्ति छ र राजसंस्थाको अन्त्य गर्ने हो भने त्यो सम्पत्ति ल्याएर मुलुकलाई सिंगापुर स्वीट्जरल्याण्ड बनाउँछौँ भनेका थिए। जनताले त्यसमा मौन सहमति गरे। तर १७ वर्षसम्म पनि राजाहरूको सम्पत्ति स्वीट्जरल्याण्डको बैङ्कमा काहीँ देखाउन सकेनन्।

राजा भन्दा पनि निरंकुश रूपमा गणतन्त्रात्मक प्रणाली प्रयोग भयो। गणतन्त्र एउटा लुटतन्त्रको रूपमा विकास भइराखेको छ। युवाहरू यो देशमा बस्नै नसक्ने वातावरण बन्यो। गणतन्त्रको नाममा सबैभन्दा भ्रष्ट मुलुक बनाउने काम भयो।

अहिले सबै क्षेत्रका जनतामा गणतन्त्रात्मक प्रणालीप्रति वितृष्णा छ। गणतन्त्रलाई प्रयोग गर्नेहरूको जुन किसिमको काम देखाए हो त्यसले नागरिकमा वितृष्णा ल्यायो। हिजो जनताले राजाको विकल्प खोजे। आज फेरि राजा नै बेस हो भनेर जनताले राजालाई नै खोजेका छन्। विकल्प खोज्ने क्रममा जुन ढङ्गबाट हिजो राजालाई किनारा लगाइयो। तर आज त्यो गलत भएको महसुस जनताले गर्न थालेका छन्।

राजतन्त्रका नाममा तर मार्न राजा खोजेको आरोप तपाईंहरुमाथि छ नि ?
नेपालमा हामीले राजसंस्थाका कुरा गरेका हौँ। यो कुनै व्यक्ति विशेषको कुरा होइन। राजसंस्थाको पात्र जो हुन सक्ला तर राजसंस्था चाहिन्छ भनेर हामीले भनेको कुरा नौलो होइन। हामी विचलित नभई उठाएको कुरा नेपाली जनताले बुझ्नेछन्। त्यसैले हामी यसमा लागिपरेका हौँ। अहिले जसले गणतन्त्रको निम्ति हिजो आफ्नो जीवन बलिदान गरेका थिए, जीवन आहुती गरेका थिए, जेल जीवन बिताएका थिए उनीहरूले पनि विकल्प खोजेका हुन्।

नेपालमा हामीले राजसंस्थाका कुरा गरेका हौँ। यो कुनै व्यक्ति विशेषको कुरा होइन। राजसंस्थाको पात्र जो हुन सक्ला तर राजसंस्था चाहिन्छ भनेर हामीले भनेको कुरा नौलो होइन।

तपाईंका नेताहरू ज्ञानेन्द्र कहाँ पार्टीका झन्डा बोकेर गइरहेका छन्। अनि तपाईं कसरी व्यक्ति नभएर संस्थाको कुरा गर्नुहुन्छ ?
हाम्रो पार्टीले राजा मान्ने कुरा नौलो होइन। तर अहिले राजा नै नमान्नेको पनि आकर्षण छ। हिजो धर्म भनेको अफिम हो, यसले मान्छेलाई विचलित बनाउँछ, यसलाई समाप्त गर्नुपर्छ भनेर नारायण पोखरेललाई मार्ने माओवादी नै हुन्। तर प्रचण्ड नै अहिले पशुपतिमा गएर गेरुवस्त्र लगाउने गर्छन्। यदि अब साँच्चै नै यो मुलुकमा राजसंस्थाको अपरिहार्यतालाई स्वीकार गरेको हो भने फरक मान्यता र दृष्टिकोण बोक्नु हुँदैन। सबै एउटै मान्यतामा लाग्नुपर्छ ।

सडकमा आएको आवाजको लागि निर्णयकर्ता कोही त होला नि ?
यो बाटो बनाउने काम गणतन्त्रका मसियाहरुले नै गरेका हुन्। अहिले निर्माण भएको अवस्थाको सजिलोबाटो राजेन्द्र लिङ्देनले गरे पनि, दुर्गा प्रसाईँले गरे पनि यो बाटोलाई सहज बनाउने गणतन्त्रका मसिया नै हुन्। हिजो हामी चार वटा सिटबाट स्थापित भएको राप्रपा नेपाल २४ भयो। अहिले विभाजित हुँदै जाँदा कोही जिरोमा आए र कोही एकबाट सुरु भए। त्यसकारण यो स्थितिलाई दलका नेताहरूले स्वीकार गर्न नसक्नु भनेको स्वार्थ हाबी हुनु नै हो। राजतन्त्रको विषयमा सबै पार्टीका नेताहरू मिलेर जानुपर्छ। यो सवालमा जनता ठग्ने काम गर्नु हुँदैन।

अहिले चलिरहेको सडकको आन्दोलनको खर्च कहाँबाट भइराखेको छ ?
अहिलेसम्म राप्रपामा बाह्य शक्तिको प्रभाव परेन। हामी अलग छौं। नेपाली जनता नै हाम्रा मालिक हुन्। नेपाली जनतालाई नै आदर्श मानेर हामीले राजनीति गरेको हुनाले बाह्य शक्तिसँग मुलुकको सम्बन्धको आधारमा सुमधुर सम्बन्ध बनाउन सक्छौँ। कसैको पनि आर्थिक सहयोग र लगानीबाट यो पार्टी चल्नु हुँदैन। यो कुनै किसिमको लगानी नभई नेताहरूको असन्तुष्टिको प्रदर्शन हो भनेर बुझ्नुपर्छ।

अहिलेसम्म राप्रपामा बाह्य शक्तिको प्रभाव परेन। कसैको पनि आर्थिक सहयोग र लगानीबाट यो पार्टी चल्नु हुँदैन। यो कुनै किसिमको लगानी नभई नेताहरूको असन्तुष्टिको प्रदर्शन हो ।

गणतन्त्रका मसियाहरुले १७ वर्षसम्म कस्तो काम गरे भनेर प्रष्ट देखिएको छ। केही समय अगाडि एउटा फाइल खोल्दा गणतन्त्रमा भ्रष्टाचारको प्रतिस्पर्धा देखियो। नेपाली जनतालाई विदेशी बनाएर कसरी तस्करी गरिने रहेछ भन्ने कुरा पनि देखियो। जग्गा बिचलनका कुराहरू पनि देखियो। देशका प्रधानमन्त्री त्यो हर्कतमा पनि उत्रिने रहेछन् भन्ने कुरा देखियो। यो फाइललाई साँच्चै इमानदारिताका साथ कार्यान्वयन गर्ने हो भने अहिलेका ७० प्रतिशत नेताहरू जेल जानुपर्ने देखियो। यसैको लागि हो त गणतन्त्र ल्याएको ? त्यसले गर्दा यो गणतन्त्रमा नेपाली जनताहरू खुसी भएनन्। अब उनीहरूले हिन्दु धर्मलाई कायम गरेर सच्चिएनन् र गणतन्त्रलाई सही रूपले मान्यता दिएनन् भने राजसंस्था स्थापना नगर्नुको विकल्प छैन।

केही समय अगाडि एउटा फाइल खोल्दा गणतन्त्रमा भ्रष्टाचारको प्रतिस्पर्धा देखियो। नेपाली जनतालाई विदेशी बनाएर कसरी तस्करी गरिने रहेछ भन्ने कुरा पनि देखियो। अब पनि गणतन्त्रलाई सही रूपले मान्यता दिएनन् भने राजसंस्था स्थापना नगर्नुको विकल्प छैन।

तपाईंहरूको मुद्दा एउटै भए पनि एक ठाउँमा बसेर एउटै सन्देश दिन सक्नुहुन्न। तर अरुको आलोचना मात्र किन गर्नुहुन्छ ?
यदि राजावादी, राजसंस्था र हिन्दु धर्मका पक्षधरहरू एक ठाउँमा नआउने हो भने त्यो ठगी धन्दामा लाग्नु हुँदैन। एउटै विचार बोकेको मान्छे कहीँ फरक हुँदैन। कम्युनिस्टहरू फरक फरक छन्। यस्तो हुँदैन। एउटै हो भने एउटैमा आउनुपर्छ नत्र यो ठगी धन्दा बन्द गर्नुपर्छ। कुनै व्यक्तिको व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आफ्ना एजेन्डामा रहेर काम गर्नुपर्छ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  १० : २५ बजे

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य

बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

बजेट नहुँदा एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा– भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५,

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण