श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा  « Khabarhub

श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा 


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

सिरहा- श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका ३ चमारटोलस्थित सीमा ईलाकाबाट शनिबार एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले सोही जिल्लाको बरियारपट्टी गाउँपालिका २ श्रीपुर बस्ने ४२ वर्षिय महोमद फिरोजलाई उल्लेखित रुपैयाँसहित बिओपी बरियारपट्टीले नियन्त्रणमा लिएकाे हो ।

भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका फिरोजलाई गस्तीमा खटिएको सुरक्षा फौजले जाँच गर्दा उनको साथमा १ हजार दरको ४ सय ९६ वटा, ५ सय दरको ६ सय ३ वटा र १ सय दरको २५ वटा नेपाली नोट फेला पारेको हो ।

उनले सो रकम कहाँबाट कुन प्रयोजनको लागि लिएको भन्ने श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ  ।

नियन्त्रणमा लिइएका फिरोजलाई बरामद रुपैयाँ तथा साइकलसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाइएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  १ : ०५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया