भारत विधानसभा निर्वाचन : तीन राज्यमा भाजपा र एकमा कांग्रेस अगाडि « Khabarhub

भारत विधानसभा निर्वाचन : तीन राज्यमा भाजपा र एकमा कांग्रेस अगाडि


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको पाँच राज्यमा भएको विधानसभा निर्वाचन मध्ये चार राज्यको मतगणना भइरहेको छ ।

मतगणना जारी रहेका चारमध्ये तीनवटामा भारतीय जनता पार्टी (भाजपा) ले अग्रता लिएको छ । भाजपाले मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा अग्रता बनाउँदा तेलंगाना राज्यमा भने कांग्रेसले अग्रता लिएको छ । मिजोरम राज्यमा भने भोलि मतगणना सुरु हुनेछ ।

पछिल्लो नतिजाअनुसार मध्य प्रदेशमा २३० सिटका लागि भएको निर्वाचनमा भाजपा १६३ सिटमा अगाडि छ भने कांग्रेसले ६४ सिटमा अग्रता बनाएको छ । यहाँ सन् २०१८ को विधानसभा निर्वाचनमा कांग्रेसले ११४ र भाजपाले १०९ सिट जितेको थियो । 

यस्तै, राजस्थानमा १९९ सिटमध्ये ११५ मा भाजपा र ७० सिटमा कांग्रेस अगाडि छ । अघिल्लो निर्वाचनमा यहाँ कांग्रेसले १०० सिट जित्दा भाजपाले ७३ सिटमा विजय हासिल गरेको थियो । 

यसैगरी ९० सिट रहेको छत्तीसगढमा भाजपाले ५३ सिटमा अग्रता लिँदा कांग्रेस ३७ सिटमा अगाडि रहेको छ ।

यता, ११९ रिट रहेको तेलंगानामा कांग्रेस ६४ स्थानमा अगाडि रहँदा भाजपा ९ सिटमा अगाडि छ । यहाँ भारत राष्ट्र समिति (बीआरएस) ४१ स्थानमा अगाडि छ । तेलंगानामा सन् २०१८ मा बीआरएसले ८८ सिट जितेको थियो भने कांग्रेसले १९ र भाजपाले १ सिट मात्र जितेको थियो ।

प्रारम्भिक अग्रताअनुसार भाजपाले तीन र कांग्रेसले एकमा  जित हासिल गर्ने लगभग निश्चित जस्तै देखिएको छ । चुनावको नतिजा आजै घोषणा हुने बताइएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  १ : ५० बजे

प्रतिकूल मौसमको जोखिम : उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह

काठमाडौँ – पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म भारी वर्षा,

तिहार र छठ नजिकिएसँगै माटो र बाँसका सामग्रीको माग बढ्यो

सप्तरी- तिहार र छठपर्व नजिकिएसँगै सप्तरीको राजविराज बजारमा माटो र

अब काठमाडौं उपत्यकाबाटै सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

काठमाडौं– अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले अब काठमाडौं उपत्यकाबाटै

प्रधान सेनापतिद्वारा पदोन्नति भएका सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – प्रधान सेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौँ – जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय