भारत विधानसभा निर्वाचन : तीन राज्यमा भाजपा र एकमा कांग्रेस अगाडि « Khabarhub

भारत विधानसभा निर्वाचन : तीन राज्यमा भाजपा र एकमा कांग्रेस अगाडि


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको पाँच राज्यमा भएको विधानसभा निर्वाचन मध्ये चार राज्यको मतगणना भइरहेको छ ।

मतगणना जारी रहेका चारमध्ये तीनवटामा भारतीय जनता पार्टी (भाजपा) ले अग्रता लिएको छ । भाजपाले मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा अग्रता बनाउँदा तेलंगाना राज्यमा भने कांग्रेसले अग्रता लिएको छ । मिजोरम राज्यमा भने भोलि मतगणना सुरु हुनेछ ।

पछिल्लो नतिजाअनुसार मध्य प्रदेशमा २३० सिटका लागि भएको निर्वाचनमा भाजपा १६३ सिटमा अगाडि छ भने कांग्रेसले ६४ सिटमा अग्रता बनाएको छ । यहाँ सन् २०१८ को विधानसभा निर्वाचनमा कांग्रेसले ११४ र भाजपाले १०९ सिट जितेको थियो । 

यस्तै, राजस्थानमा १९९ सिटमध्ये ११५ मा भाजपा र ७० सिटमा कांग्रेस अगाडि छ । अघिल्लो निर्वाचनमा यहाँ कांग्रेसले १०० सिट जित्दा भाजपाले ७३ सिटमा विजय हासिल गरेको थियो । 

यसैगरी ९० सिट रहेको छत्तीसगढमा भाजपाले ५३ सिटमा अग्रता लिँदा कांग्रेस ३७ सिटमा अगाडि रहेको छ ।

यता, ११९ रिट रहेको तेलंगानामा कांग्रेस ६४ स्थानमा अगाडि रहँदा भाजपा ९ सिटमा अगाडि छ । यहाँ भारत राष्ट्र समिति (बीआरएस) ४१ स्थानमा अगाडि छ । तेलंगानामा सन् २०१८ मा बीआरएसले ८८ सिट जितेको थियो भने कांग्रेसले १९ र भाजपाले १ सिट मात्र जितेको थियो ।

प्रारम्भिक अग्रताअनुसार भाजपाले तीन र कांग्रेसले एकमा  जित हासिल गर्ने लगभग निश्चित जस्तै देखिएको छ । चुनावको नतिजा आजै घोषणा हुने बताइएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  १ : ५० बजे

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा