राष्ट्रियसभाका अध्यक्ष भन्छन्– मेरो विदेश भ्रमणले देशलाई फाइदा भएको छ « Khabarhub

राष्ट्रियसभाका अध्यक्ष भन्छन्– मेरो विदेश भ्रमणले देशलाई फाइदा भएको छ


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलिया– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लोकतन्त्रको दुरुपयोग भइरहेको बताएका छन् । प्रदेशका सभामुख, उपसभामुख, संवैधानिक आयोगका पदाधिकारी र नातेदारसहित १५ जनाको टोली लिएर अष्ट्रेलिया भ्रमणमा रहेका तिमिल्सिनाले आफ्नो विदेश भ्रमणबाट नेपाललाई फाइदा पुगेको दाबीसमेत गरेका छन् ।

अध्यक्ष तिमिल्सिनामा विदेश भ्रमणको मोह देखिएको भन्दै पत्रपत्रिकामा आएको समाचारप्रति आक्रोश पोख्दै उनले लोकतन्त्रमा स्वतन्त्रता हुने भए पनि त्यसको दुरुपयोग भएको बताए ।

अष्ट्रेलियाको मेलबर्नमा अवैतनिक नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले भने, ‘हामी विदेश जाँदा सरकारको एक रुपैयाँ पनि खर्च भएको छैन । कुनै परियोजनाको, कुनै संस्थाको खर्च भएको छ, त्यसैले म विदेश जाँदा नेपाललाई फाइदा भएको छ ।’

आफ्नो अनुपस्थितिका कारणले राष्ट्रियसभामा एउटा पनि विधेयक नरोकिएको उनले बताए । तिमिल्सिनाले भने, ‘मेरो विदेश भ्रमणले कुनै एउटा हाउस रोकिएको भए देखाउनोस् ।’

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  २ : ५१ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले