मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकहरुको बदली « Khabarhub

मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकहरुको बदली


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकहरुको बदली गरिएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आइतबार विज्ञप्ति जारी गर्दै मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकहरुको बदली गरिएको जानकारी दिएको हो ।

संयुक्त राष्ट्रसंघको आह्वमानमा शान्ति स्थापनार्थ मध्य अफ्रिकी गणतन्त्रमा खटिएको कालीजंग गण लाइट इन्फ्यान्ट्री बटालियनको पहिलो डफ्फालाई बदली गर्नका लागि महावीर गण (रेञ्जर) को दोस्रो डफ्फाका २२५ जना सैनिकहरु त्यसतर्फ लागेको निर्देशनालयले जानकारी दिएको छ । प्रमुख सेनानी प्रज्वल थापा मगरको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चाटर्ड विमान (इथियोपियन एयरलाइन्स) मार्फत् सैनिकहरु मिसन इलाकातर्फ प्रस्थान गरेको निर्देशनालयले जनाएको छ ।

यसैगरी, सोही मिसनमा तैनाथ पहिलो डफ्फामा कार्यरत २२५ जना शान्ति सैनिकहरू सेनानी पदम बहादुर क्षेत्रीको नेतृत्वमा आजै गते स्वदेश फिर्ता भएका छन् । उक्त मिसनमा नेपाली सेनाका १२४० जना शान्ति सैनिकहरु कार्यरत रहेको पनि निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ३ : ३६ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिवद्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको