जलवायु र विपद् जोखिमको मूल्याङ्कन र व्यवस्थापन गर्न एडीबीले नेपाल र भुटानलाई सहयोग गर्ने « Khabarhub

जलवायु र विपद् जोखिमको मूल्याङ्कन र व्यवस्थापन गर्न एडीबीले नेपाल र भुटानलाई सहयोग गर्ने


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसियाली विकास बैंक एडीबीले हिन्दुकुश हिमालय क्षेत्रमा उत्पन्न हुने जलवायु र विपद् जोखिमको मूल्याङ्कन र व्यवस्थापनका लागि नेपाल र भुटानलाई सहयोग गर्ने भएको छ । आइतबार विज्ञप्ति जारी गर्दै एसियाका एक अर्बभन्दा धेरै मानिसहरुको जीवन हिन्दुकुश हिमालयको जलस्रोतमा निर्भर रहेको र यस क्षेत्रमा उत्पन्न हुने जोखिम मूल्याङ्कन र व्यवस्थापनमा सहयोग गर्ने एडीबीले जनाएको हो ।

एडीबीले नेपाल र भुटानका हिमाली क्षेत्रमा बाढी, पहिरो भूकम्पजस्ता जोखिमको मूल्याङ्कन गर्न प्राविधिक सहायता उपलब्ध गर्ने जानकारी दिएको छ । यस सहायताले नदी प्रणालीमा उत्पन्न हुने जोखिम मूल्याङ्कन गर्न सरकारहरुलाई सहयोग पुग्ने एडीबीको विश्वास छ । यसले भविष्यमा पूर्वाधारको विकास गर्दा पूर्वसतर्कता प्रणाली र जोखिम व्यवस्थापनको विकल्प विकास गर्न सहयोग पुग्ने एडीबीले उल्लेख गरेको छ ।

यस क्षेत्रमा औसतभन्दा तीव्र गतिमा तापक्रम वृद्धि भइरहेको भन्दै एडीबीले विश्वव्यापी तापक्रम ३ प्रतिशतले बढेको खण्डमा यस शताब्दीको अन्त्यसम्म यस क्षेत्रका ७५ प्रतिशतभन्दा धेरै हिमनदी पग्लिने चेतावनी दिएको छ । यसबाट पानीको पहुँचमा अभूतपूर्व दबाब पुग्ने र खाद्य एवम् ऊर्जा सुरक्षामा जोखिम उत्पन्न हुने साथै जैविक विविधता नाश हुनेसमेत एडीबीले उल्लेख गरेको छ ।

‘पृथ्वीको छानो पग्लिरहेको छ ।’ एडीबीका अध्यक्ष मासात्सुगु आशाकावाले भने, ‘हिन्दुकुश हिमालय क्षेत्र यहाँका १ अर्बभन्दा धेरै मानिसहरुको आर्थिक सुरक्षा र हितका लागि महत्वपूर्ण छ । यस सहयोगले नेपाल र भुटानलाई जलवायु अनुकूलनका लागि मद्दत पुग्नेछ ।’

एसिया प्रशान्त क्षेत्रको जलवायु बैंकका रुपमा एडीबीले सन् २०१९ र २०३० को बीचमा जलवायुका क्षेत्रमा आफ्नै स्रोतबाट १ खर्ब डलर बराबरको लगानी गर्ने एडीबीको उद्देश्य छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ४ : २४ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी