विकासका लागि सरकारमा एमाले चाहिन्छ : ओली « Khabarhub

विकासका लागि सरकारमा एमाले चाहिन्छ : ओली


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दैलेख – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनको कुरा गर्नेहरू देशद्रोही भएको बताएका छन् ।

आज दैलेखको राकममा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोही प्रतिगमनतर्फ फर्कने कुरा गर्ने र सोच्नेहरू देशद्रोही र लोकतन्त्र विरोधी भएको बताएका हुन् ।

नेकपा एमालेले मात्रै देशलाई उर्वर र समृद्ध बनाउन सक्ने दाबी गर्दै अध्यक्ष ओलीले एमालेले सरकार छाड्ने बित्तिकै देशमा राजनीतिक अस्थिरता छाएको दाबी गरे । एमाले सरकारबाट बाहिरिएको डेढ वर्षमा राजनीतिक अस्थिरता छाएको उनको दाबी छ ।

एमाले सरकारमा हुँदा गरिबी घटेको र रोजगारी बढेको भन्दै उनले फेरि पनि विकासका लागि एमाले चाहिने तर्क गरे ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ४ : २७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको