एनसेलको शेयर बिक्रीमा नेपालका नेताको पनि संलग्नता छ : सांसद सिंह « Khabarhub

एनसेलको शेयर बिक्रीमा नेपालका नेताको पनि संलग्नता छ : सांसद सिंह


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले सरकारको स्वामित्वमा आउन नदिन एनसेलको शेयर बिक्री भएको दाबी गरेका छन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद सिंहले चार वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको एनसेल गलत मनसाय राखेर खरिद बिक्री भएको दाबी गरे ।

एनसेल खरिद बिक्री यूकेमा गरेर नेपालमा तिनुपर्ने क्यापिटल गेन ट्याक्स छली गर्न खोजिएको उनको आरोप छ ।

उनले भने, ‘एनसेलको शेयर ५० मिलियन डलरमा विक्री भएको सत्य हो भने आफू ६० मिलियन डलर दिन तयार छु ।’ सिंहले एनसेलको शेयर विक्रीमा नेपालका नेताहरुको पनि संलग्नता रहेको आरोप लगाउँदै नेताहरूलाई अर्बमा फाइदा भएपनि नेपाली जनतालाई भने खरबौँ घाटा लागेको तर्क गरे ।

एनसेल चार वर्षपछि नेपाली जनताको सम्पत्ति हुने बताउँदै उनले अहिले भएको अपारदर्शी खरिद–बिक्री  नेपाली जनताले सडकमा आएर रोक्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ४ : ३५ बजे

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ

५०० करोड कमाउने ‘दृश्यम’को यात्रा तेस्रो भागमै टुंगिने, किन चाहँदैनन् निर्देशक चौथो सिक्वेल?

काठमाडौं– बलिउड अभिनेता अजय देवगन अभिनीत ‘दृश्यम ३: द कन्क्लुजन’ले