भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि विशेष पहल गर्छौं : मन्त्री किराती « Khabarhub

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि विशेष पहल गर्छौं : मन्त्री किराती


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने कामलाई सरकारले प्राथमिकता दिने बताएका छन् ।

नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलसँगसँग आज मन्त्रालयमा मन्त्री किरातीले सो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले प्रत्येक उडानको रु पाँच लाख प्रोत्साहनस्वरुप दिनेगरी सरकारले कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।

उनले भने, “भैरहवा र पोखराबाट अन्तरराष्ट्रिय उडान जतिसक्दो छिटो गर्नेगरी हामी लागिरहेका छौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा विमानस्थलबाट जसले नियमित उडान गर्छ त्यसलाई प्रोत्साहनस्वरुप रु पाँच लाख प्रत्येक उडानको दिने तयारी गरिरहेका छौँ ।” मन्त्री किरातीले नेपाल वायु सेवा निगमको जहाज भैरहवा पठाउन मन्त्रालय तयार रहेको बताए ।

“हामीसँग जहाज कम छन् तर भैरहवा र पोखराबाट उडान नगरी हुँदैन । त्यसका लागि हामी तयार छौँ, तपाईंहरुजस्तो पर्यटन व्यवसायीले सकारात्मक सहयोग गर्नुहोस् ।” उनले राज्यको ४३ अर्बभन्दा बढी लगानी भएको भैरहवास्थित गौतमबुद्ध विमानस्थल र त्यही विमानस्थल देखेर ६५/७० अर्ब लगानी गरेको निजी क्षेत्रका बारेमा सरकार चिन्तित रहेको समेत बताए ।

मन्त्रीसँगको छलफलमा नाट्टा लुम्बिनीका अन्तर्राष्ट्रिय हवाई यातायात समन्वय समितिका संयोजक सञ्जीव जोशीले भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडानको थालनी तत्काल गर्न माग गरे ।

नाट्टा लुम्बिनीका तर्फबाट नौबुँदे ज्ञापनपत्र बुझाउँदै निवर्तमान अध्यक्ष सागर अधिकारीले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि नेपाल वायुसेवा निगमको जहाजले थालनी गर्नुपर्नेमा जोड दिए । अधिकारिले भने, “नेपाल वायुसेवा निगमको जहाज भैरहवा– दिल्ली, भैरहवा–काठमाडौँ सुरु गराउनूस् हामी सिट भरेर पठाउँछौँ ।”

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ५ : १३ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट