ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती पक्राउ « Khabarhub

ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती पक्राउ


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

कोहलपुर- बाँकेको कोहलपुरबाट ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती पक्राउ परेका छन् । लागूऔषध कारोबार गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, कोहलपुरबाट गएको प्रहरी टोलीले कोहलपुर ८ पिपिरीबाट ४० वर्षीय रेवन्त राना र उनकी श्रीमती ३३ वर्षीया कविता थापालाई पक्राउ गरेको हो ।

उनीहरुबाट प्रहरीले अफिम र चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक डाँगीका अनुसार प्रहरीले शनिबार राति पौने ९ बजे उनीहरुको साथबाट बा ५ प ८२१५ नम्बर जीपसहित १२ किलो सात सय चार ग्राम चरेस, दुई किलो एक सय १६ ग्राम अफिम बरामद गरेको हो ।

रेवन्त यसअघि पनि विस २०७१ चैत १९ गते जिल्ला प्रहरी बर्दियाबाट लागूऔषध कसुरमा पक्राउ परेका थिए । तत्कालीन समयमा  रेवन्तविरुद्ध बाँके प्रहरीले २०७२ साल असोज २० गते सार्वजनिक अपराधमा मुद्दा दायर समेत गरेको थियो ।

साथै इलाका प्रहरी कार्यालय, कोहलपुरले २०७३ साल असार ३ गते लागूऔषध मुद्दामा उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका दम्पतीविरुद्ध अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । लागूऔषध नियन्त्रण ऐनअनुसार उनीहरुलाई १४ देखि १५ वर्ष वा जन्मकैद र रु पाँच लाखदेखि रु २५ लाखसम्म जरिवाना हुनसक्नेछ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ५ : १६ बजे

महँगी नियन्त्रणमा सरकार असफल, जनजीविकाका मुद्दा कांग्रेसले उठाउनुपर्छ : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जनजीविकाका मुद्दाहरूमा गम्भीर हुनुपर्ने

देव र करिश्माको प्रेम र वियोग समेटिएको ‘जे गर तिमी’ सार्वजनिक

काठमाडौँ – अभिनेता देव नेपालीको अभिनय रहेको नयाँ गीत ‘जे

प्रेम, आकर्षण र सम्बन्धमा आउने उतारचढाव देखाउँदै ‘फ्रेन्च किस’को टिजर सार्वजनिक

काठमाडौं– अभिनेता अर्पण थापा निर्देशित फिल्म ‘फ्रेन्च किस’ले टिजर सार्वजनिक

आईसीसी अध्यक्षमा दोहोरिएका शाहलाई क्यानले दियो बधाई

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल

उत्पादन, रोजगारी र लगानी विस्तारमा जोड दिन अर्थमन्त्री वाग्लेको आग्रह

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी