अफवाह फैलाएको भन्दै युट्युबसहित थप १८ मिडिया कारबाहीमा « Khabarhub

अफवाह फैलाएको भन्दै युट्युबसहित थप १८ मिडिया कारबाहीमा


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकृत नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गरेको आरोपमा १८ वटा युट्युब च्यानललाई आवश्यक कारबाहीको लागि सिफारिस गरेको छ । निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानस भ्रम फैलाउने,  कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्ने माथि कारबाही प्रक्रिया अघि बढाइएको हो ।

मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल) बाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको  काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  मिडियाअन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सञ्चार माध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै यही मङ्सिर ८ गते युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गरी काउन्सिलले मङ्सिर पहिलो साता केही सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा कारबाही अघि बढाइएकोमा अधिकांशबाट आगामी दिनमा सच्चिने प्रतिबद्धतासहित स्पष्टीकरण पेस भएको जनाइएको छ ।

काउन्सिलले हिंसा, त्रास एवं द्वन्द्वलाई प्रश्रय पुर्‍याउने, प्रायोजित एवं पक्षपोषणयुक्त, घृणास्पद अभिव्यति एवं वैयक्तिक गोपनीयताप्रतिकूल सामग्री सम्प्रेषण नगर्नरनगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ६ : ०५ बजे

ललितपुरस्थित मानवअधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाउन पुगे लघुवित्तपीडित (तस्बिरहरू)

काठमाडौं– लघुवित्तपीडितहरू ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाउन पुगेका छन्

झलनाथ खनाल र मोहनविक्रम सिंहबीच राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल

देउवा पक्षको भेलामा कांग्रेस सांसदको उपस्थिति शून्य

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर शेरबहादुर देउवा पक्षले आयोजना गरेको

गगनलाई भाइ भन्छु, सभापति भन्न मुखै लागेन : कृष्ण सिटौला

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन अवैधानिक र

माछापुच्छ्रे बैंकको नाफा १२ प्रतिशत बढ्यो

काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको