कर्णाली नदीमा २ सय ४८ किलोमिटर र्‍याफ्टिङ दौड प्रतिस्पर्धा हुने « Khabarhub

कर्णाली नदीमा २ सय ४८ किलोमिटर र्‍याफ्टिङ दौड प्रतिस्पर्धा हुने


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ‍- अन्तर्राष्ट्रिय स्तरको सवैभन्दा लामो र्‍याफ्टिङ दौड प्रतिस्पर्धा ‘द ग्रेट कर्णाली क्वेस्ट’ कर्णाली नदीमा आयोजना हुने भएको छ ।

नेपाल एसोसिएन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानले आज संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै ‘द ग्रेट कर्णाली क्वेस्ट’ आगामी मार्च ८ देखि १३ सम्म कर्णाली नदीमा आयोजना हुने जनाएको हो ।

‘द ग्रेट कर्णाली क्वेस्ट’ अन्तर्गत दैलेखको आठविसकोट नगरपालिको रामक कर्णालीबाट कैलाली जिल्लाको दौलतपुरघाटसम्म पुग्दा २ सय ४८ किलोमिटरको दूरी पार गर्ने नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष एवं द ग्रेट कर्णाली क्वेस्टका संयोजक मेघ घलेले जानकारी दिए ।

प्रतियोगीतामा १६ टोलीका लागि आवेदन खुल्ला गरिएको र प्रत्येक टोलीको दर्ता शुल्क ४५० अमेरिकी डलर रहेको उनले बताए ।

प्रतिस्पर्धामा सहभागी भई टिमले आफ्नो क्षमता परीक्षण गर्ने, आफ्नो टिमवर्क, सहनशीलता प्रदर्शन गर्ने र विश्वका उत्कृष्ट र्‍याफ्टिङ टिमसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ६ : १९ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं