कर्णाली नदीमा २ सय ४८ किलोमिटर र्‍याफ्टिङ दौड प्रतिस्पर्धा हुने | Khabarhub Khabarhub

कर्णाली नदीमा २ सय ४८ किलोमिटर र्‍याफ्टिङ दौड प्रतिस्पर्धा हुने


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ‍- अन्तर्राष्ट्रिय स्तरको सवैभन्दा लामो र्‍याफ्टिङ दौड प्रतिस्पर्धा ‘द ग्रेट कर्णाली क्वेस्ट’ कर्णाली नदीमा आयोजना हुने भएको छ ।

नेपाल एसोसिएन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानले आज संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै ‘द ग्रेट कर्णाली क्वेस्ट’ आगामी मार्च ८ देखि १३ सम्म कर्णाली नदीमा आयोजना हुने जनाएको हो ।

‘द ग्रेट कर्णाली क्वेस्ट’ अन्तर्गत दैलेखको आठविसकोट नगरपालिको रामक कर्णालीबाट कैलाली जिल्लाको दौलतपुरघाटसम्म पुग्दा २ सय ४८ किलोमिटरको दूरी पार गर्ने नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष एवं द ग्रेट कर्णाली क्वेस्टका संयोजक मेघ घलेले जानकारी दिए ।

प्रतियोगीतामा १६ टोलीका लागि आवेदन खुल्ला गरिएको र प्रत्येक टोलीको दर्ता शुल्क ४५० अमेरिकी डलर रहेको उनले बताए ।

प्रतिस्पर्धामा सहभागी भई टिमले आफ्नो क्षमता परीक्षण गर्ने, आफ्नो टिमवर्क, सहनशीलता प्रदर्शन गर्ने र विश्वका उत्कृष्ट र्‍याफ्टिङ टिमसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ६ : १९ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति