समानुपातिकको बन्दसूचीमा नाम रहेको व्यक्ति राष्ट्रियसभाको उम्मेदवार बन्न नपाउने « Khabarhub

समानुपातिकको बन्दसूचीमा नाम रहेको व्यक्ति राष्ट्रियसभाको उम्मेदवार बन्न नपाउने


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फ उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् ।

निर्वाचन आयोगले आज विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेशसभा सदस्य निर्वाचन ऐन,२०७४ को दफा ३० मा भएको व्यवस्था अनुसार सोही दफाहरुको उपदफा (१) को प्रतिवन्धात्मक वाक्यांश अनुसार उम्मेदवार बन्न नपाउने जानकारी दिएको हो ।

त्यस्तै, आयोगबाट राष्ट्रिय सभा निर्वाचन कार्यक्रम स्वीकृत भएको छ । स्वीकृत निर्वाचन कार्यक्रम अनुसार पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुनेछ ।

प्रकाशित मतदाता नामावली उपर दाबी विरोध लगायतका कार्यहरु सोही दिनबाट प्रारम्भ भई पुस २२ गते सम्पन्न हुनेछन् र सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली आयोगको वेबसाईट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुनेछ।

पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुनेछ । मनोनयन दर्ता पश्चात उम्मेदवारको विरोधमा उजूरी दिने कार्य पुस २४ गते हुनेछ।

मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ । उम्मेदवारले नाम फिर्ता लिने कार्य पुस २७ गते सम्पन्न भए पश्चात उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने काम सोही दिन २ बजे सकिनेछ ।

राष्ट्रियसभा सदस्य उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते १० बजेदेखि १ बजेसम्म उपलब्ध गराउने आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्यका लागि माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान हुनेछ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ६ : ३१ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र