भारतले दियो अष्ट्रेलियालाई १ सय ६१ रनको लक्ष्य « Khabarhub

भारतले दियो अष्ट्रेलियालाई १ सय ६१ रनको लक्ष्य


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रेयस ऐरको अर्धशतक मद्दतमा भारतले पाँचौं तथा अन्तिम टि२० आई खेलमा अष्ट्रेलियालाई १ सय ६१ रनको मध्यम लक्ष्य दिएको छ ।

बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६० रन बनायो ।

भारतका मध्यक्रमका ब्याटर श्रेयस ऐरले ५३ रन बनाए । तल्लोक्रमका अलराउन्डर अक्षर पटेलले ३१ रन बनाए । ओपनर यशस्वी जैसवाल २१ रनमा आउट भए । ऋतुराज गायकवाड१०, सूर्यकुमार यादव ५, रिंकु सिंह ६ र जितेश शर्मा २४ रनमा आउट भए ।

अष्ट्रेलियाका जेसन बेहरनडोफले २ विकेट लिए । नाथन एलिस, तनविर संघा र आरोन हार्डीले समान १–१ विकेट लिए । पाँच खेलको सिरिजमा भारतले ३-१ को अग्रता लिँदै सिरिज जितिसकेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ९ : ३० बजे

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का

हिजो नबलेको एनपीएलको फ्लडलाइट आज बालियो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हिजो सुदूरपश्चिम रोयल्स र